माधव नेपाल समूहको भृकुटमण्डपमा वृहत पदर्शन, ५० हजार कार्यकर्ता उतारर्ने आँकलन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माधव नेपाल प्रचण्ड समूहका कार्यकर्ताले आज देशका विभिन्न ठाउँमा पर्दशन गरेका छन् । देशभरबाट आज ५०  हजार कार्यकर्ता सडकमा उतारर्ने नेपाल कम्युनिष्ट पार्टी भित्रको आँकलन रहेको छ । यस्तै काठमाडौंको १३ ठाउँबाट जुलुस निकाल्ने अपेक्षा गरिएको छ ।

टेकुबाट युवराज ज्ञवाली, कुलेश्वरबाट बेदुराम भुसाल, कुपन्डोलबाट पम्फा भुसाल, नयाँ बानेश्वरबाट लीलामणि पोखरेल, मैतीदेवीबाट हरिबोल गजुरेल, नक्सालबाट जनार्दन शर्मा न्युरोडबाट अष्टलक्ष्मी शाक्य, रत्नपार्कबाट मुकुन्द न्यौपाने, त्रि(चन्द्रबाट योगेश भट्टराई, पुरानो बानेश्वबाट अमृत बोहोरा, बागबजारबाट गिरिराजमणि पोखरेल, वाल्मीकि क्याम्पस प्रदर्शनी मार्गबाट गणेश शाहको नेतृवमा जुलुस निकालिएको हो ।

दाहाल(नेपाल समूहले काठमाडौँ उपत्यकामा मात्रै ५० हजार कार्यकर्ता उतार्ने तयारी स्वरूप टेकु, नयाँ बानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार, कुपण्डोललगायत स्थानबाट जुलूस केन्द्रीय नेताहरूकै नेतृत्वमा जुलुस निकाल्दै छ। ती क्षेत्रबाट अहिले भृकुटीमण्डपमा नेता कार्यकर्ता भेला हुने क्रम सुरू भएको छ स्थायी कमिटी सदस्यहरू युवराज ज्ञवाली, वेदुराम भुसाल, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, जनार्दन शर्मा, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, योगेशकुमार भट्टराई र अमृतकुमार बोहरा लगायतका नेतृत्वमा कार्यकर्ता भेला हुन थालेका हुन् ।

यी सबै जुलुसका सहभागी भृकुटीमण्डपको सभा पुग्नेछन् । त्यहा कम्तीमा ५० हजार नेता कार्यकर्ता हुने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् । सो सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायतका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।