३५ हजार बुझाउन नसक्दा ५ दिनदेखि अस्पतालमै शव बन्धक

विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ अस्पतालमा मृत्यु भएका एक युवकको ३५ हजार बुझाउन नसक्दा पाँच दिनदेखि शव बन्धक बनाएर अस्पतालले राखेको छ । मृतककी आमा भन्छीन्, छोराको मृत्युपछि ६५ हजार रुपैयाँ बाँकी छ त्यस्मा गाउँघरमा ऋण सापटी गरेर मगाएको ३० हजार रुपैयाँ दिन तयार छु, बाँकी छोराको दाहसंस्कार र काजकिरियापछि दिन्छु भन्दा पनि शव उठाउन दिएको छैन ।