सुर्खेतमा एक जनालाई गोली हानी भागेका व्यक्ति सूर्यविनायकमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ

तीन महिनाअघि सुर्खेतमा एक जनालाई ताकेर गोली हानी भागेका व्यक्ति भक्तपुरमा पक्राउ परेका छन्। २०८० फागुन १२ गते बेलुका सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१ गैरीचोकमा स्थानीय ३७ वर्षका विनोद गिरीलाई लक्ष्य गरी गोली प्रहार भएको थियो।

गोली प्रहार गरेर फरार रहेका मुख्य प्रतिवादी सोही ठेगानाका ३३ वर्षीय सन्तोष गिरीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले भक्तपुरबाट पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले बताए। 

उनीविरुद्ध ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजना र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भइसकेको छ।गिरीलाई सूर्यविनायकमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ।

थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाइएको एसपी रेग्मीले बताए।