सानेपामा भारतीय नागरिक मृत फेला

 

ललितपुर । ललितपुरको सानेपामा एक भारतीय नागरिकको शव फेला परेको छ । सानेपाको गुसी टोलमा आइतबार बिहान एक भारतीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

ती पुरुषको शव भारतीय नागरिकको भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार प्रहरी घटनास्थलमा पुगिसकेको छ ।

प्रहरीका अनुसार घटनास्थलमा दराज तोडफोड गरेको र ओछ्यानमा रगत भेटिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसरका अनुसार मृत्यु शंकास्पद भएकोले तालिमप्राप्त कुकुर परिचालन गरि थप अनुसन्धान सुरु गरिएको छ ।