कांग्रेस एक ढिक्का भएर लागौ जनताको सपना पुरा गरौ , नेता वाईबा

नेपाली बिद्यार्थी संघ काभ्रे को जिल्ला सदस्य तथा खानीखोला गाउँपालिकाका नेपाली कांग्रेस का युवा नेता प्रकाश वाईबाले सन्चारकर्मीसँगको कुराकानीमा खानीखोलामा नेपाली कांग्रेस एकढिक्का भएर अगाडि बढ्नआग्रह गरेका छन्।

नेपाली कांग्रेस को महाअधिवेशन नजिकिदै गर्दा अनेकौ गुटबन्दी को हल्ला आएता पनि कार्य अधिवेशनमा मात्र सिमित राखेर कांग्रेस अगाडि नबढे जनताको भबिष्य अन्धकारमा परिणत रहने भन्दै पार्टी एकताको लागि सदैब आफुले चाल्नु पर्ने कदम सधै पहिले पंक्तिमा रहने र खानीखोला गा.पा का लाई एक ढिक्का बनाउदै आगमी दिनमा सत्ता कब्जा गरी जनताको सपना पुरा गर्न सबैलाई सुझाव समेत दिएका छन् ।

आफ्नो ब्यक्तिगत स्वार्थमा रहेर कहिले पनि कुनै कार्यमा लागेर पार्टीलाई ह्रास आउने काम कहिले पनि नगर्ने दाबी समेत गरेका वाईबाले सबैको एकता संगै पार्टीको बिचार र आदर्श लाई समालेर अगि बढने क्रममा सधै अग्रसरता रहने बताइएका छन्।

म र मेरो होइन हामी र हाम्रो भावना सबैमा भन्ने अभियानमा सदैव रहने जिकीर समेत दिएका छन । खानीखोलामा नेपाली कांग्रेसको सत्ता जब सम्म आउदैन तब सम्म जनताको दुख जस्ता को तस्तै रहने प्रस्ट गरेका छन् ।