जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीडितलाई बागमती प्रदेश सरकारले एक करोड ५० लाख दिने

काठमाडौं । बागमती प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट घाइते भएकाको उद्धार, राहत र पुनर्स्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।

बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै भूकम्पबाट प्रभावितको उद्धार, उपचार, राहत र पुनर्स्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने जनाएको हो ।

यस विपद् घडीमा बागमती प्रदेश सरकार कर्णाली प्रदेश सरकार सँगसँगै रहने भन्दै भूकम्पबाट ज्यान गुमाएका व्यक्तिहरुप्रति भावपूर्ण श्रद्धाञ्जलीका साथै शोकाकुल परिवार र आफन्तजनहरुमा गहिरो संवेदन प्रकट गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत विज्ञप्ति मार्फत गरेको छ ।