मृत अवस्थामा फेला

काठमाडौं - बुढानिलकण्ठ नगरपालिका-३ नयाँ चोकस्थित आङरिता शेर्पाको निर्माणाधिन घर कुरी सोही घरको कम्पाउण्डमा रहेको छाप्रोमा बस्ने भोजपुर घर भएका ४५ वर्षीय सूर्य बहादुर घले सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।