सरकारविरुद्ध बिपक्षी गठबन्धनका विद्यार्थी संगठनहरुको अन्तरक्रिया

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघठन लगायत उनले चालेको कदमकाविरुद्ध आन्दोलन गरिरहेको नेकपा एमालेको वरिष्ठ नेता माधव नेपाल प्यालनसहितको विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनहरुले आज अन्तरक्रिया गर्ने भएका छन् ।

उनीहरुले आज प्रदर्शनीमार्गस्थित रत्न राज्य लक्ष्मी क्याम्पस अगाडि दिउँसो १ बजेदेखि कार्यक्रम सुरु गर्न लागेको अखिल(क्रान्तिकारी)का सचिव तथा बागमती प्रदेशको संयोजक पवन कार्कीले जानकारी दिए ।

अन्तक्रिया कार्यक्रममा पूर्वविद्यार्थी नेताहरु विश्वप्रकास शर्मा, गुरुराज घिमिरे, प्रदिप पौडेल, देवेन्द्र पराजुली, हिमाल शर्मा, रमेश मल्ल, जगन्नथ ढकाल, रामकुमारी झाँक्री, यज्ञराज सुनुवार, गंगा नारायण श्रेष्ठ, भिम राई, मानुषी यमी भट्टराई, कृष्ण अधिकारी, घनश्याम न्यौपाने लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको कार्कीले जानकारी दिए ।

१४ असारमा नेबिसंघका अध्यक्ष राजीब ढुंगाना, अखिल (क्रान्तिकारी) का अध्यक्ष रन्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैठौंका अध्यक्ष बिमल पोखरेलको बैठकले पूर्व विद्यार्थी नेताहरुको सहभागितामा अन्तक्रिया कार्यक्रम गर्ने निर्णय गरेको थियो।

ओलीको असंबैधानिक र प्रतिगामी कदमकोविरुद्ध शसक्त प्रतिरोधको तयारी गर्न र संसद बिघठनविरुद्ध सर्वोच्चमा विचाराधिन मुद्दामा सरकार पक्षबाट हुनसक्ने संभावित चलखेल र सेटिङबिरुद्ध खबरदारी गर्न यो कार्यक्रमको आयोजना गरिएको कार्कीले बताए । विद्यार्थी संगठनहरुले आन्दोलनका थप कार्यक्रमहरु पनि गर्दै जाने उनले बताए ।