बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप एक जना पुरुषको कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ का ४५ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

पुरुषको बुधवार बेलुका कोरोना संक्रमण पुष्टि भएका आज बिहीवार बेलुका सवा ५ बजे उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए । ती पुरुष ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ २९ गते नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका थिए