भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप
भक्तपुरका करिब ६ हजार विद्यार्थीले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् । खोप अभियानअन्तर्गत १२ देखि १७ वर्ष उमेर समूहका भक्तपुरका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले खोप लगाएका हुन् ।
विद्यार्थीको सहजतालाई ध्यानमा राखी जिल्ला स्वास्थ्य कार्यालयले स्थानीय तहसँगको समन्वयमा विद्यालयमा नै खोप केन्द्र राखी खोप दिएको हो । स्वास्थ्य कार्यालय प्रमुख कृष्णबहादुर मिजारका अनुसार मङ्गलबारसम्म जिल्लाको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाभित्रका विद्यालयमा खोप अभियान सम्पन्न भएको छ । त्यस्तै मध्यपुरथिमि र भक्तपुर नगरपालिकाका विद्यालयमा मङ्गलबारदेखि खोप अभियान सुरु भएको मिजारले बताउनुभयो ।
कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न खोप अभियान सञ्चालन भइरहेको छ । “विद्यालय बन्द भए पनि स्थानीय तह र विद्यालयले समन्वय गरी खोप लगाउनेछन”, उहाँले भन्नुभयो । भक्तपुर नगरपालिकाले खोप अभियान बिहान ९ देखि ३ बजेसम्म सञ्चालन हुने र खोप लगाउन विद्यार्थीले विद्यालयको परिचयपत्र अनिवार्य साथमा ल्याउनुपर्ने प्रावधानको व्यवस्था गरेको छ । खोप अभियानका लागि भक्तपुरले विभिन्न विद्यालय तथा कलेजमा खोप केन्द्र तोकेको छ ।
होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय
चितवनमा दश महिनापछि देखियो कोरोना
पर्सामा कोरोना सङ्क्रमित भेटिएपछि निगरानी बढाइयो
सुदूरपश्चिममा थप पाँच जनामा कोरोना सङ्क्रमण
भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित
नेपालमा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण, ४ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर ३७७ जना कोभिड संक्रमित थपिए
प्रतिक्रिया