सुदूरपश्चिममा थप पाँच जनामा कोरोना सङ्क्रमण
सुदूरपश्चिम प्रदेशमा शनिबार थप पाँच जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ३९७ को नमूना परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
एन्टीजेनमार्फत बैतडीका चार र कैलालीका एक जनामा सङ्क्रमण देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभर तीन जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।
यसअघि शुक्रबार यस प्रदेशमा १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुँदा चार जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ जनाको ज्यान गइसकेको छ ।
होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय
चितवनमा दश महिनापछि देखियो कोरोना
पर्सामा कोरोना सङ्क्रमित भेटिएपछि निगरानी बढाइयो
भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप
भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित
नेपालमा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण, ४ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर ३७७ जना कोभिड संक्रमित थपिए
प्रतिक्रिया