चितवनमा दश महिनापछि देखियो कोरोना
चितवनमा १० महिनापछि कोरोना सङ्क्रमण देखिएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार आइतबार र आज गरिएका छुट्टाछुट्टै परीक्षणमा २९ वर्षे र ६६ वर्षे पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
निमोनियाका कारण उपचारका लागि अस्पताल आउनुभएका वृद्धको कोरोना परीक्षणका क्रममा सङ्क्रमण पुष्टी भएपछि उहाँलाई अस्पतालमै राखी उपचार सुरु गरिएको सूचना अधिकारी पाैडेलले बताउनुभयाे । साथै २९ वर्षे पुरुषलाई होम आइसोलेसनमा राखिएको उहाँकाे भनाइ छ ।
जिल्लामा १० महिनापछि पुनः कोरोनाको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिनुभयो । जिल्लामा पछिल्लो पटक गत चैतमा कोरोना सङ्क्रमण देखिएको थियो ।
कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य कार्यालय चितवनले सबैलाई सतर्कता अपनाउनका लागि अनुरोध गरेको छ । कार्यालयले कोरोना सङ्क्रमणबाट बच्न सामाजिक दुरी कायम गर्ने, माक्सको प्रयोग गर्ने, साबुन पानीले हात धुन सुझाव दिएको छ ।
होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय
पर्सामा कोरोना सङ्क्रमित भेटिएपछि निगरानी बढाइयो
भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप
सुदूरपश्चिममा थप पाँच जनामा कोरोना सङ्क्रमण
भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित
नेपालमा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण, ४ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर ३७७ जना कोभिड संक्रमित थपिए
प्रतिक्रिया