भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित
२६ मङ्सिर भारतमा गत २४ घण्टामा सात हजार ७७४ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । भारतमा अझै पनि ९२ हजार २२८ जना सक्रिय सङ्क्रमित रहेका आइतबार जनाइएको छ । यसै अवधीमा कोरोना सङ्क्रमणबाट ३०६ जनाको मृत्यु भएपछि कोरोना शुरु भएबाट हालसम्म चार लाख ७५ हजार ४३४ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ ।
गएको २४ घण्टामा भारतमा आठ हजार ४६४ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४१ लाख २२ हजार ७९५ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८।३६ प्रतिशत रहेको जनाइएको छ । यो संख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको सामाचारमा जनाइएको छ ।
भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६५ करोड ५८ लाख व्यक्तिको कोरोना परिक्षण भएको छ । यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ३२ करोड ९३ लाख डोज खोप लगाइएको जनाइएको छ ।
होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय
चितवनमा दश महिनापछि देखियो कोरोना
पर्सामा कोरोना सङ्क्रमित भेटिएपछि निगरानी बढाइयो
भक्तपुरका ६ हजार विद्यार्थीले लगाए मोडर्ना खोप
सुदूरपश्चिममा थप पाँच जनामा कोरोना सङ्क्रमण
नेपालमा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण, ४ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर ३७७ जना कोभिड संक्रमित थपिए
प्रतिक्रिया