युरोकप २०२४ : फ्रान्स र पोल्याण्डले अंक बाडे
युरो कप २०२४ को समूह चरणको अन्तिम खेलमा फ्रान्स पोल्याण्डसँग बराबरीमा रोकिएको छ । पोल्याण्ड विरुद्ध १-१ को बराबरी खेलेसँगै फ्रान्सले समूह विजेता बन्ने मौका गुमाएको छ ।
गोलका लागि निकै संघर्ष गर्नु परेको खेलमा फ्रान्सले ५६औं मिनेटमा पेनाल्टी मार्फत अग्रता लिएको थियो । उसमान डेम्बेले माथि भएको फाउल पछि पाएको पेनाल्टीमा चोट पछि फर्किएका कप्तान केलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।
पोल्याण्डले ७९औं मिनेटमा बराबरी गर्यो । रोबर्ट लेवान्डोस्कीले पनि पेनाल्टी मार्फत नै गोल गरेका थिए । उनको पेनाल्टी फ्रेन्च गोलरक्षक माइक माइगननले बचाएपनि उनको खुट्टा पेनाल्टी प्रहार हुनुअघि गोललाईन भन्दा अघि आएका कारण लेवान्डोस्कीले पुनः पेनाल्टी प्रहार गर्न अवसर पाएका थिए ।
फ्रान्सको बराबरी पछि सोही समयमा नेदरल्याण्ड्स माथि ३-२ को जित निकालेको अष्ट्रिया समूह विजेता बन्यो ।३ खेलमा २ जित हासिल गरेको अष्ट्रियाको ६ अंक रह्यो । आफ्नो अन्तिम खेलमा पोल्याण्ड सँग बराबरीमा रोकिएको फ्रान्सको ३ खेलमा ५ अंक रह्यो ।
नेदरल्याण्ड्स भने ४ अंक सहित तेस्रो स्थानमा रह्यो । उत्कृष्ट ४ तेस्रो स्थान हासिल गर्ने टोली बन्दै अन्तिम १६ मा पुग्ने नेदरल्याण्ड्सको सम्भावना बलियो छ । पोल्याण्ड १ अंक सहित समूहको पुछारमा रहँदै बाहिरिएको छ ।
टिम इन्डियाको दौडमा वैभव सूर्यवंशीले शुभमन गिललाई किन ओझेलमा पारिरहेका छन्?
जोगिएन अग्रता, पहिलो हाफमा नेपाल–बंगलादेश बराबरी अवस्थामा
गीताको गोलमा नेपाललाई जित
अमेरिकामाथि नेपाल ‘ए’ को रोमाञ्चक जित
प्रिमियर लिगमा युनाइटेड र सन्डरल्यान्डको गोलरहित बराबरी
एक करोडमा वडा कार्यालय भवन निर्माण
सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै नेपाललाई दक्षिण एशियाको हब बनाउ…
प्रतिक्रिया