जोगिएन अग्रता, पहिलो हाफमा नेपाल–बंगलादेश बराबरी अवस्थामा
साफ महिला च्याम्पियनसिप अन्तर्गत बंगलादेशविरुद्धको सेमिफाइनल खेलको पहिलो हाफमा बराबरी भएको छ।
भारतको गोवास्थित जवाहरलाल नेहरु स्टेडियममा जारी खेलको पहिलो हाफमा १–१ को बराबरी भएको छ।
खेलको २३ औँ मिनेटमा डिफेन्डर गीता रानाको गोलमा नेपालले अग्रता बनाएको हो। दिपा शाहीको कर्नरमा गीताले बललाई पोष्टको जाली चुमाएकी थिइन्।
खेलको ४२ औँ मिनेटमा दिपाको कर्नरमा रेखा पौडेलले ६ यार्डबाट गरेको हेडर प्रहार बंगलादेशकी गोलरक्षकले सहजै नियन्त्रणमा लिइन्।
पहिलो हाफको अन्तिम मिनेटमा मारियाको मण्डनाको फ्रिकीक प्रहार नेपालकी डिफेन्डरले क्लीयर गरिन्। लगत्तै रितु पुर्णाले कर्नरबाट गरेको प्रहार सिधै गोलमा परिणत हुँदा बंगलादेश खेलमा फर्किएको थियो।
गीताको गोलमा नेपाललाई जित
अमेरिकामाथि नेपाल ‘ए’ को रोमाञ्चक जित
प्रिमियर लिगमा युनाइटेड र सन्डरल्यान्डको गोलरहित बराबरी
एक करोडमा वडा कार्यालय भवन निर्माण
सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै नेपाललाई दक्षिण एशियाको हब बनाउ…
श्रीलंकामाथि जितका बाबजुद पाकिस्तान विश्वकपबाट बाहिर
जय ट्रफी : पुलिसविरुद्ध आर्मीको जित
प्रतिक्रिया