भारतीय वायु सेना विमान दुर्घटना: पाइलटसहित ५ जनाको मृत्यु
भारतको आसामको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनामा परेको छ ।
उक्त दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को–पाइलट घाइते भएका छन् ।
ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलम रहेका छन् ।
यस क्षेत्रमा कार्गो र आपूर्तिका लागि प्रयोग गरिने दुई इन्जिन भएको टर्बोप्रप सैन्य परिवहन विमान, आसामको राजधानी दिसपुरबाट लगभग २९८ किलोमिटर उत्तरपूर्वमा रहेको जोरहाट जिल्लाको आइएएफ स्टेशनमा अवतरण गर्ने प्रयास गर्दा दुर्घटनाग्रस्त भएको जनाइएको छ ।
दुर्घटना पछि, वरिष्ठ आइएएफ अधिकारीहरू उद्धार र उद्धार अधिकारीहरुको समन्वयमा घटनास्थलमा उद्धार आगो नियन्त्रण गरेको बताइएको छ ।
दुर्घटनाको कारण आल सम्म पत्ता नलागेको जनाउदै आइएएफले अनुसन्धानको लागि निर्देशन दिइ सकेको बताएको छ ।
आज विराटनगरमा देउवा र कोइराला समूहको संयुक्त भेला
नेपाली ब्रो’ श्रीमती हत्याकाण्डः तेस्रो व्यक्तिको रहस्य खुल्दै, चार जनामाथि अनुसन्…
पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना
c
इरानसँगको सम्झौतामा आइतबार हस्ताक्षर हुन्छ : ट्रम्प
प्रधानमन्त्री बालेन भन्छन्– विश्वकपमा मेरो फेभरेट देश खेलेको छैन
ब्राजिल र मोरक्को बिचकाे खेल बराबरीमा सकियो
प्रतिक्रिया