इरानसँगको सम्झौतामा आइतबार हस्ताक्षर हुन्छ : ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा आइतबार हस्ताक्षर हुने बताएका छन् । हस्ताक्षर भएपछि स्ट्रेट अफ होर्मुज तुरुन्तै सबैका लागि खुला हुने उनको भनाइ छ ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत् यो जानकारी दिएका हुन् ।
ट्रम्पको यो भनाइ इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईसँग बाझिएको देखिन्छ । बघाइले यसअघि दस्तावेजहरुमा आइतबार हस्ताक्षर नहुने तर ‘आगामी दिनमा हुन सक्ने’ बताएका थिए ।
अमेरिका र इजरायलले गत फेब्रुअरी अन्तिम साता इरानमा हमला गरेपछि मध्यपश्चिम क्षेत्र अशान्त छ । विश्वभर इन्धन ढुवानीको महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज बन्द छ ।
प्रत्यक्ष भेटघाटले लजिस्टिक चुनौतीहरू र प्रक्रिया अवरुद्ध हुने सम्भावना बढी भएकाले अधिकारीहरूले सम्झौतामा भर्चुअल हस्ताक्षरको योजना बनाइरहेको सीएनएनले जनाएको छ ।
समझदारी पत्रले रूपरेखा कसरी कार्यान्वयन गर्ने र बाँकी रहेका समस्याहरू समाधान कसरी गर्ने भन्नेबारेमा ६० दिनको नयाँ वार्ता अवधि सुरु गर्ने एक अमेरिकी अधिकारीले गत शुक्रबार बताएका थिए ।
बिहान घर बाहिर निस्कने वित्तिकै जंगली हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु
दीपक भट्ट नाम एक, जालो अनेक, बैंकदेखि ब्रोकर र बिमासम्म फैलिएको भट्ट–साझेदार…
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
जापान जाने सपना अधुरै: आफ्नै साथीहरूको षड्यन्त्रमा परे विपीन, जेलबाट छुटेको …
आज विराटनगरमा देउवा र कोइराला समूहको संयुक्त भेला
नेपाली ब्रो’ श्रीमती हत्याकाण्डः तेस्रो व्यक्तिको रहस्य खुल्दै, चार जनामाथि अनुसन्…
पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना
प्रतिक्रिया