प्रधानमन्त्री बालेन भन्छन्– विश्वकपमा मेरो फेभरेट देश खेलेको छैन
प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप २०२६ मा आफ्नो मनपर्ने (फेवरेट) देश सहभागी नभएको उल्लेख गरेका छन् । शनिबार साँझ पाँच लाख ६८ हजार फलोवर भएको आफ्नो व्यक्तिगत फेसबुक प्रोफाइलमा एक स्टाटस लेख्दै उनले यस्तो संकेत गरेका हुन् ।
बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, 'धेरै जना साथी भाईले सोध्नुभो, तपाईंको फेवरेट देश कुन वर्ल्डकपमा ? मेरो फेवरेट देशले खेलेकै छैन !
शनिबार साँझ साढे सात बजेतिर सार्वजनिक गरिएको उक्त पोस्टमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न प्रकारका अनुमान र टिप्पणी गरिरहेका छन् । नेपाल हालसम्म फिफा विश्वकपमा छनोट नभएकाले उनले देशप्रतिको प्रेम दर्शाउँदै नेपाललाई नै आफ्नो रोजाइको राष्ट्र भन्न खोजेको धेरैको बुझाइ छ ।
यद्यपि, कमेन्ट बक्समा कतिपय प्रयोगकर्ताले विश्वकपमा छनोट हुन संघर्ष गरिरहेका अन्य स्थापित राष्ट्र वा इटालीतर्फ संकेत गरेका छन् भने कसैले व्यङ्ग्यात्मक रूपमा छिमेकी मुलुक भारतको नाम पनि उल्लेख गरेका छन् ।
अर्कातर्फ, आइतबार बिहान पौने चार बजे तय भएको ब्राजिलको खेलअगाडि आएको यस स्टाटसलाई लिएर कतिपयले बालेनको समर्थन ब्राजिलतर्फ रहेको र यो स्टाटस केवल ठट्टा मात्र हुन सक्ने भन्दै लख काटेका छन् ।
यद्यपि, अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले भने उनले 'नेपाल'लाई नै संकेत गरेको उल्लेख गरेका छन् ।
धरानको पानी योजनामा हर्क साम्पाङलाई श्रेय दिन नहुने दाबी, ‘बालेनको प्रतिबद्धत…
अमेरिका-इरान युद्ध अन्त्यका लागि आजै सम्झौता हुने ट्रम्पको दाबी
विश्व रक्तदाता दिवस: सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
बिहान घर बाहिर निस्कने वित्तिकै जंगली हात्तीको आक्रमण, घटनास्थलमै मृत्यु
दीपक भट्ट नाम एक, जालो अनेक, बैंकदेखि ब्रोकर र बिमासम्म फैलिएको भट्ट–साझेदार…
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
प्रतिक्रिया