अर्थमन्त्री वाग्लेलाई सांसद पुनको कडा प्रहार — 'पुरानाको गल्तीको आधारमा नयाँले पनि गल्ती गर्न पाइँदैन, फाइल खोल्नै छ भने मेरै पालादेखि खोलौँ'
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद बर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई विपक्षी सांसदहरुले सकारात्मक सहयोगको भावना देखाउँदा उल्टै नकारात्मक प्रतिक्रिया दिने काम भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो मन्तव्य राख्दै सांसद पुनले प्रधानमन्त्रीले नेपाल–भारत सीमा विवादका सम्बन्धमा दिएको अभिव्यक्तिपछि थप एक संवेदनशील विषय संसदमा उठेर आएको उल्लेख गरे ।
उनले संसदको विशेष र शून्य समयमा कुराहरु उठिरहेका बेला हिजोको आर्थिक विधेयकमाथिको छलफल भएको सार्वजनिक लेखा समितिको बैठकमा जसरी अर्थमन्त्री वाग्लेले जवाफ दिनु भयो त्यसले जनप्रतिनिधिमुलक सार्वभौम संसदको अवमुल्यन भएको बताए ।
पुराना दलले ६७ वटा हेरफेर गरेकोमा मैले ७ वटामा हेरफेर गरेँ भन्ने हिसाबले मन्त्री वाग्लेले बोलेको भन्दै उनले आपत्ती जनाए ।
उनले हाउसमा टेबल भइसकेको कुरा परिवर्तन गर्ने कुरा सामान्य नभएको भन्दै उनले सूक्ष्म रूपमा अध्ययन, अनुसन्धान गर्नुपर्ने बताए । उनले अर्थमन्त्री वाग्लेले पुरानो फाइल खोल्ने कुरा गरेको भन्दै उनले आफू अर्थमन्त्री हुँदा देखि नै फाइल खोल्न चुनौती समेत दिए ।
पुरानाले गल्ती गरेको आधारमा नयाँले पनि त्यस्तै गल्ती दोहोर्याउन पाइन्छ र ? अर्थमन्त्रीज्यूले फाइल खोल्ने कुरा उठाउनु भएको छ भने खोलौँ — सुरुवात मेरै कार्यकालबाटै गरौँ,' उनले दृढतापूर्वक भने ।
बस दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु, हताहती बढ्ने आशंका
झुण्डिएका प्रयोगविहीन दूरसञ्चार र इन्टरनेटका तार व्यवस्थापन गर्ने अभियानलाई ती…
ट्रम्पले इरानविरुद्ध गर्ने भनिएको आक्रमण अचानक रोक्दा नेतन्याहु ‘छक्क’
बनेपाबाट रोशीका लागि छुटेको यात्रुवहाक बस विपी राजमार्गमा दुर्घटना, ७ जनाको…
‘रवि अब विद्रोही होइनन्, वीरेन्द्र पथका शान्त अभिभावक हुन्’
मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक
भारतीय सुरक्षाकर्मी नेपाल छिरेपछि स्थानीयले भने- सीमा पार गरेर किन आएको, यो…
प्रतिक्रिया