भारतीय सुरक्षाकर्मी नेपाल छिरेपछि स्थानीयले भने- सीमा पार गरेर किन आएको, यो बिहार हो ?
नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका–५ मा भारतीय सशस्त्र सीमा बल (एसएसबी) प्रवेश गरेका छन् ।आज बिहान हतियारसहित भारतीय सुरक्षाकर्मी सुस्ता प्रवेश गरेपछि स्थानीयहरुले लखेटेका हुन् ।
एसएसबीका ६ जना सुरक्षाकर्मी हतियारसहित खोला तरेर नेपाली भूमितर्फ आएपछि स्थानीयले कारण सोध्दै विरोध गरेपछि सुरक्षाकर्मी फर्किएका थिए ।
अहिले उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा स्थानीयहरूले सीमा पार गरेर किन आएको ? यो बिहार हो ? भन्दै प्रश्न समेत गरेका छन् । भिडियोमा एक स्थानीयले ‘गोली चलाउँछौ’ ? भनेर साेधेकाे समेत सुनिएको छ ।
केहि बेरको विवाद पछि सुरक्षाकर्मीहरु त्यहाँबाट फर्किएका थिए । स्थानीय प्रशासनले भारतको कल्भर्ट भत्किएको र नियमित गस्तीका क्रममा वैकल्पिक बाटोका रूपमा नेपाली भूमिसम्म आएको बताएको छ ।
सुस्ता क्षेत्रलाई लिएर नेपाल र भारत पक्षबीच पटक–पटक विवाद रहँदै आएको छ । यसअघि जेठ १९ गते तटबन्ध निर्माणका क्रममा पनि विवाद चर्किएको थियो ।
यो विषय शुक्रबारको प्रतिनिधिसभा बैठकमा समेत पुगेको छ । आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद् हर्क साम्पाङले यस विषयमा बोलेका छन् । उनले भारतीय सेनाले नेपालीलाई धम्क्याउँदा नेपालका रक्षामन्त्री कहाँ छन् भन्ने प्रश्न गरे। ‘प्रधानमन्त्रीज्यू त यहाँ आउनुहुन्न। अब रक्षामन्त्रीलाई बोलाइदिनुस्। सभामुख महोदय रुलिङ गरेर रक्षामन्त्री ल्याइदिनुपर्यो,’ उनले भने, ‘हामी दुईचार वटा प्रश्न सोध्न चाहन्छौँ रक्षामन्त्रीलाई।’
ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा पूर्वसचिव बिन्द्रा हाडा भट्टराई निय…
काठमाडौं उपत्यकाका अव्यवस्थित तार व्यवस्थापन तीव्र बनाइँदै
जासुसी गरेको आशङ्कामा चीनमा एक अमेरिकी अनुसन्धानकर्ता पक्राउ
यस्तो छ परराष्ट्रमन्त्रीको चीन भ्रमणको तालिका
मन नपरेको खण्डमा प्रधानमन्त्री फाल्ने अधिकार संसद्ले राख्ने :अर्थमन्त्री वाग्ले
फौजी कीराले मकै बाली नष्ट, भोजपुरवासी चिन्तामा
हुम्ला-बाजुरा सीमा विवादले बन्द कर्णाली करिडोर अझै खुलेन
प्रतिक्रिया