बालेन क्याबिनेटमा पहिलोपटक देखिए महावीर, सुधनको ‘रि-इन्ट्री’

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद् बैठकमा शुक्रबार नवनियुक्त दुई मन्त्रीले सहभागिता जनाएका छन्। 

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पहिलोपटक सहभागिता जनाए भने गृहमन्त्री सुधन गुरुङको ‘रि-इन्ट्री’ भएको हो।

नवनियुक्त दुवै मन्त्रीले गत मंगलबार शपथ लिएका थिए। गृहमन्त्री सुधन गुरुङ यसअघि बालेनकै क्याबिनेटका गृहमन्त्री थिए। 

उनीविरुद्ध सम्पत्ति, सेयरलगायतका विषयमा छानबिन गर्न समिति बनेपछि उनले राजीनामा दिएका थिए। सो समितिले प्रतिवेदन बुझाएपछि पुनः गृहमन्त्रीमा नियुक्त भएका हुन्। 

पुन भने सुशीला कार्की नेतृत्वको सरकारका पूर्व शिक्षामन्त्री हुन्। उनले स्वतन्त्ररूपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्|