‘रवि अब विद्रोही होइनन्, वीरेन्द्र पथका शान्त अभिभावक हुन्’
राजनीतिक विश्लेषक पुण्यप्रसाद प्रसाईँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अहिले 'शान्त अभिभावक' को भूमिकामा अगाडि बढिरहेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो विश्लेषण राख्दै प्रसाईँले रवि लामिछानेले विगतका शासकहरूको असफलताबाट पाठ सिकेको दाबी गरे।
"पाएको शक्ति म्यानेज गर्न नजानेर केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' को पतन भएको कुरा रवि लामिछानेलाई राम्रैसँग थाहा छ," प्रसाईँले लेखेका छन्, "त्यसैले अब रवि विद्रोही होइन, वीरेन्द्र पथमा छन् अर्थात् एक शान्त अभिभावकको भूमिकामा।"
पार्टी सभापति परिपक्व राजनीतिक धारतर्फ मोडिएको परिप्रेक्ष्यमा रास्वपाका सांसदहरूले संसद् र सडकमा देखाउने प्रस्तुतिमा सुधार गर्नुपर्ने विश्लेषक प्रसाईँको सुझाव छ।
उनले रास्वपाका जनप्रतिनिधिहरूलाई उत्तेजित नहुन आग्रह गर्दै थपे, "रास्वपाका सांसदहरू हर्कजी (हर्क साम्पाङ) ले जस्तो बोल्न पाइनँ भन्दै होहल्ला गर्न र प्रतिपक्ष कुट्ने लाइनमा नलाग्नुस्।"
अर्थमन्त्री वाग्लेमाथि हाललाई छानबिन गर्न आवश्यक नदेखिएको सरकारको ठहर
घरदैलोमा राहदानी पाउँदा नागरिकलाई सहज
सरकारी अस्पतालमा बिरामीका भार
सुस्तामा भारतीय सुरक्षाकर्मी छिरेको घटनामा सरकारको प्रतिक्रिया
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ३ निर्णयहरू
वैवाहिक बलात्कार र डिभोर्स मुद्दा मेलमिलापमा गएपछि बाटो ढुकेर पत्नीको हत्या
राष्ट्रिय सभामा समेत उठ्यो अर्थमन्त्रीमाथि छानबिन गर्नुपर्ने माग
प्रतिक्रिया