संविधान संशोधन बहस ‘ध्यान मोड्ने रणनीति’ भन्दै सांसद अमरेशकुमार सिंहको कडा टिप्पणी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकारले अघि सारेको संविधान संशोधनको बहसलाई जनताका मूल समस्याबाट ध्यान मोड्ने प्रयासका रूपमा व्याख्या गरेका छन्।
ललितपुरमा टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘संविधान संशोधन, नागरिकका अपेक्षा’ विषयक कार्यक्रममा बोल्दै उनले वर्तमान राजनीतिक संरचनामा संविधान संशोधन सम्भव नरहेको दाबी गरे। उनले यस्तो बहसले बरु राजनीतिक व्यवस्था नै संकटमा पर्न सक्ने चेतावनीसमेत दिए।
सिंहले संविधान संशोधन बहसपत्र तयारी कार्यदलका संयोजक असिम शाहको भूमिकामाथि प्रश्न उठाउँदै “को हो असिम शाह ? सबैजना किन उहाँको पछाडि दौडिरहेका छन् ?” भन्दै प्रक्रियामाथि नै प्रश्न खडा गरे।
उनका अनुसार संविधान संशोधनका लागि संघीय संसद र प्रदेशहरूको समेत सहमति आवश्यक पर्ने भएकाले अहिलेको अवस्थामा त्यसको सम्भावना न्यून छ। उनले संविधान संशोधनलाई ‘बुद्धिविलास’को संज्ञा दिँदै यसले वास्तविक जनसमस्यालाई ओझेलमा पार्ने आरोप लगाए।
सिंहले सरकारमाथि गरिबी, बेरोजगारी, महँगी र आर्थिक संकटजस्ता मुद्दाबाट ध्यान हटाउन यस्तो बहस अघि सारिएको दाबी गरे। उनले वर्तमान आर्थिक अवस्था कमजोर बन्दै गएको र देश ऋणको चक्रमा फसेको टिप्पणीसमेत गरे।
साथै उनले इतिहासमा दुई तिहाइ बहुमतका सरकारहरू पनि टिक्न नसकेको उल्लेख गर्दै वर्तमान राजनीतिक अवस्था पनि अस्थिर हुन सक्ने संकेत गरेका छन्।
नेपालमा सुरु भयो पूर्वी वायुको प्रभाव, मनसुन भित्रिएको हो?
मन्त्रिपरिषद बैठक आज दिउँसो २ बजे बस्दै
अचम्मको चोरीकाण्ड : आफ्नै पसलबाट २ करोडको सुन चोरेर प्रहरीसामु गरे नाटक, पर्द…
बालेन र रविनिकट मन्त्रीहरूबीच विश्वासको संकट, सूचना ‘लिक’ हुँदा दबाबमा सरकार
विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड
ट्रम्पले भने– आज रात इरानमा ठूलो हमला हुन्छ, इरानले दियो २२ देशलाई चेतावनी
इरानसँग सहमति भएको ट्रम्पको दाबी
प्रतिक्रिया