कर विवादबीच अर्थमन्त्री स्वर्णिम वाग्लेको कडा प्रतिक्रिया, विपक्षीलाई चेतावनी

अर्थमन्त्री स्वर्णिम वाग्लेले आफूमाथि उठेका भ्रष्ट्राचारसम्बन्धी आरोपप्रति कडा प्रतिक्रिया जनाएका छन्। कर दर हेरफेरका कारण राज्यलाई अर्बौं घाटा पुगेको भन्दै विपक्षीहरूले संसदमा विरोध गरिरहेका बेला उनले आरोपलाई अस्वीकार गर्दै कडा चेतावनी दिएका हुन्।

आज संसदमा बोल्दै उनले आफूमाथि लगाइएका दाबीहरूलाई “आधारहीन” भन्दै खण्डन गरे। उनले भने, “एक–दुई वटा खोस्टाहरूले २ अर्बको आशंका भनेर लेखे। यदि २ रुपैयाँको पनि बेइमानी मबाट प्रमाणित भयो भने मन्त्री पद मात्र होइन, सार्वजनिक जीवन नै त्याग्न तयार छु।”

साथै उनले विपक्षीलाई लक्षित गर्दै आफ्ना गतिविधिबारे पनि भविष्यमा सत्य बाहिर आउने संकेत गरेका छन्। उक्त अभिव्यक्तिपछि संसदमा केही समय तनावपूर्ण अवस्था बनेको थियो।