एमालेबाट चुनाव जितेका यी ८ जना वडाध्यक्षको गयो पद
निर्वाचन आयोगले नेकपा एमालेबाट निर्वाचित भएका ८ जना वडाध्यक्ष पदमुक्त भएको जनाएको छ।
आयोगले बुधबार सूचना जारी गर्दै ०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित भएका ८ जना वडाध्यक्ष पदमुक्त भएको जानकारी दिएको हो।
गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको बेला उनीहरूले सम्वन्धित दल परित्याग गरेपछि उनीहरू पदमुक्त भएका हुन्।
आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम २२ बमोजिम सम्बन्धित दलको केन्द्रीय समितिको निर्णयका आधारमा उनीहरूलाई पदमुक्त गरिएको जनाएको छ।
पदमुक्त हुनेमा ओखलढुंगाको मोलुङ गाउँपालिकाका दुई, चम्पादेवी गाउँपालिकाका १, पाल्पा, ललितपुर, मोरङ र दाङका विभिन्न स्थानीय तहका वडामा निर्वाचित हुने एकएक जना वडाध्यक्ष छन्।
हेर्नुहोस् सूचना

मध्यपूर्वमा तनाव कम हुने सङ्केतसँगै विश्व ऊर्जा बजारमा सुधार, कच्चा तेलको मूल्य…
अमेरिका–इरानबीच '१४ बुँदे ऐतिहासिक सम्झौता' को दाबी: युद्धविरामदेखि ३00 अर्…
खाना खुवाउने टोली हिँडेपछि पैसा उठाएर चिउरा दालमोठ खाए सुकुम्बासीले
इतिहासकै ठूलो वित्तीय अपराधको मुद्दा, १ खर्ब ५ अर्ब रुपैयाँ बिगो दाबी
पार्टी एकताबद्ध बनाउने कुरा यथास्थितिमा सम्भव छैन : महासचिव पोखरेल
बालेन सरकारको नियुक्तिमा सर्वोच्चको ठूलो हस्तक्षेप, वायु सेवा निगमको सञ्चालक स…
ब्राजिलमा दुई हेलिकप्टर ठोकिँदा भयानक दुर्घटना: अमेरिकी गायक ओलिभर ट्री र यु…
प्रतिक्रिया