ठगी गरेकाे आरोपमा ६९ जना शैक्षिक परामर्श केन्द्रका सञ्चालक पक्राउ
काठमाडौंमा शैक्षिक परामर्श केन्द्रका नाममा ठगी धन्दा चलाएको आरोपमा प्रहरीले ६९ जना सञ्चालकलाई पक्राउ गरेको जनाएको छ ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उच्च शिक्षाको लागि विदेश पठादिन्छु भन्दै ठगी गर्ने गरेको उजुरी, गुनासो र निवेदनका आधारमा ९५ शैक्षिक परामर्श केन्द्रमा शुक्रबार छापा हानेर ६९ जना सञ्चालन नियन्त्रणमा लिएको जनाएको छ ।
मापदण्ड तथा प्रक्रिया पूरा नगरी, दर्ता नवीकरण नगरी, बिना इजाजत शैशिक्षक परामर्श सेवा, पूर्व तयारी कक्षा, भाषा शिक्षण जस्ता सेवा प्रदान गरिरहेका ती सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान बढाएको प्रहरीले जनाएको छ ।
त्यस्ता शैक्षिक परामर्श केन्द्रबाट ठगीमा परेकाहरूलाई यथाशीघ्र सम्पर्क राख्न पनि प्रहरीले आग्रह गरेको छ ।
हिरासतमा रहेकी प्रतीक्षा नेपाली ब्रो' की प्रेमिका भएको खुल्यो
डोल्पामा जुवा खालबाट ६ जना पक्राउ
विदेश पठाउने भन्दै ४० लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ
राष्ट्रिय पारा एथलेटिक्स सङ्घका अध्यक्ष शिवाकोटी पक्राउ
स्रोत नखुलेको ४० लाख रुपैयाँसहित न्युरोडबाट एक जना पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
प्रतिक्रिया