लेबनानका थप २० सहरका बासिन्दालाई घर छोड्न इजरायलको चेतावनी
३० जेठ, काठमाडौं । इजरायली सेनाले लेबनानका थप २० वटा सहर र गाउँका बासिन्दाहरूलाई तत्काल आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान आदेश दिएको छ । लेबनानमा जारी सैन्य कारबाहीलाई तीव्र पार्दै इजरायलले यी क्षेत्रहरूमा जबरजस्ती विस्थापनको चेतावनी दिएको हो ।
इजरायलको यो नयाँ आदेश देइर अल-जहरानी, अल-नामिरिया, अल-शार्किया, अल-देवैर, हारुफ, हब्बौस, कफरजोज, जिबदिन (नबातिया), नबातिया अल-ताहता, नबातिया अल-फाउका र कफर रुमानमा लागू हुनेछ ।
यसैगरी अल-माहमूदिया, साजेद (जेज्जिन), रेहान, आ रामता, कफरचौबा, मल्की, अल-लाविजा (जेज्जिन), जारजौह र अरब सलिम क्षेत्रका नागरिकलाई पनि तत्काल घर छाड्न भनिएको छ ।
इजरायली सेनाले स्थानीय बासिन्दाहरूलाई आफ्ना घरहरू तत्काल खाली गरी ‘जहरानी नदीको उत्तरी क्षेत्र’ तर्फ जान निर्देशन दिएको छ। निर्देशनको पालना नभएमा ठुलो मानवीय क्षति हुन सक्ने सेनाको चेतावनी छ ।
इरानले हर्मुज जलमार्ग बन्द गरेपछि मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेकै बेला इजरायलले लेबनानमा आफ्नो स्थल तथा हवाई आक्रमणको दायरालाई थप फैलाएको हो ।
पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो
मोबाइल चोरी मुद्दामा हिरासतमा रहेका थुनुवाको मृत्यु
वैवाहिक बलात्कार र डिभोर्स मुद्दा मेलमिलापमा गएपछि बाटो ढुकेर पत्नीको हत्या
११ महिनामा २२२ जना लागूऔषध कारोबारमा पक्राउ
बालुवामा पुरिएर मजदुरको मृत्यु
विश्वकै पहिलो ट्रिलियनियर बने एलन मस्क, स्पेसएक्सको ऐतिहासिक आईपीओपछि सम्पत्ति …
च्याटजिपिटी संवादका कारण गयो युवतीकाे ज्यान, एआई विरुद्ध आत्महत्या दुरुत्साहन …
प्रतिक्रिया