११ महिनामा २२२ जना लागूऔषध कारोबारमा पक्राउ
बर्दिया । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले गत साउनदेखि ३० जेठसम्म लागु औषधसहित २ सय २२ जनालाई पक्राउ गरेको छ । जसमा १ महिला र ९ विदेशी रहेका छन् ।
११ महिनाको उक्त अवधीमा पक्राउ परेका दूर्व्यसनीबाट ब्राउन सुगर, गाजा, चरेश, अफिम, क्याप्सुल, कोरेक्स लगायत लागुऔषध पनि जफत गरिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी डीएसपी रेशम बोहोराले बताए । गत आर्थिक वर्षमा पनि तीन विदेशी पुरुषसहित २ सय १५ जना दूर्व्यसनीलाई लागुऔषधसहित पक्राउ गरिएको उनले जनाए ।
भारतबाट अवैद्यरूपमा ओसार पसार हुने लागु औषध नियंत्रण गर्न स्थानीय प्रशासनले दूई वर्ष अघिदेखि खोजी अभियान सञ्चालन गरेपछि लागु औषध दूर्व्यसनीहरू पक्राउ पर्न थालेको प्रहरीले जनाएको छ । भारतीय सीमासँग ८३ किमि क्षेत्र जोडिएको बर्दिया सबैभन्दा बढी लागु औषध ओसार पसार हुने जिल्लामा पर्छ । जसमा बढैयाताल गाउपालिका, गुलरिया र मधुवन नगरपालिका प्रमुख छन् ।
ब्राउन सुगर भारतीय बजारमा सस्तो मुल्यमा खुलेयाम पाईने भएकोले नेपाली युवा त्यहाँ पुग्ने गरेको बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले बताए । यसलाई रोकथामका लागि प्रहरीसँग समन्वय गरेर विद्यालयस्तरमा जनचेतना कार्यक्रम गरिएको पनि उनले जनाए ।
भारतमा १० ग्रामसम्म लागुऔषध ब्राउन सुगर पक्राउ गरेपनि मुद्दा चल्दैन । काउण्टर पार्टको बैठकमा लागुऔषध नियन्त्रण गर्न भारतीय समकक्षीसँग कुरा उठाएको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए । भारतीय सुरक्षाकर्मीले कडाइ गरेमा लागुऔषध ओसारपसार नियन्त्रणमा आउने स्थानीय बताउँछन् ।
‘भारतीय सुरक्षाकर्मीले सीमावर्ती क्षेत्रबाट बेलाबखतमा लागुऔषधका कारोवारीलाई पक्राउ गर्दै आएका छन्,’ प्रजिअ हमालले भने, ‘भारतीय प्रहरीले थप कडाई गरे लागुऔषध ओसार पसारमा न्युनीकरण हुनेछ ।’
ठेकेदारको ‘खुट्टा भाँचिदिनु’ भन्ने भौतिक पूर्वाधारमन्त्रीको अभिव्यभिक्तप्रति युव…
संसद् भवन निर्माणमा भएको ढिलाइप्रति सभामुखको चेतावनी : ‘अब हरेक दिन एक करोड…
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
परराष्ट्रमन्त्रीद्वारा ‘चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन
केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको भेट, सहयोगलाई निरन्तरता दिन आग्रह
'देश छोड्ने हल्लापछि गंगा दाहालको चुनौती: छानबिन गर्नुस्, हामी तयार छौँ'
प्रतिक्रिया