हिउँको साम्राज्यमा क्रिकेटको ब्याटिङ: बालेनको भिडियोले तान्यो अपि हिमालतर्फ सबैको ध्यान!
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शनिबार अपि हिमाल बेस क्याम्पसँग सम्बन्धित एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। भिडियोमा हिमाली क्षेत्रको रमणीय वातावरणबीच क्रिकेट खेलिरहेको दृश्य कैद गरिएको छ।
हिमालय भट्टले खिचेको उक्त भिडियो बालेनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत साझा गरेका हुन्। भिडियो सार्वजनिक भएपछि अपि हिमाल क्षेत्र पुनः चर्चामा आएको छ।
दार्चुला जिल्लामा अवस्थित अपि हिमाल बेस क्याम्प सुदूरपश्चिम प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्यमध्ये एक हो। विदेशी तथा स्वदेशी पर्यटकका लागि आकर्षणको केन्द्र मानिने यस क्षेत्रले प्राकृतिक सौन्दर्यका कारण विशेष पहिचान बनाएको छ।
७ हजार १३२ मिटर उचाइ भएको अपि हिमाल सुदूरपश्चिम प्रदेशकै सबैभन्दा अग्लो हिमाल हो। यो हिमाल अपि हिमाल गाउँपालिकाभित्र पर्दछ।
अपि नाम्पा संरक्षण क्षेत्रभित्र अपि हिमालका अतिरिक्त नाम्पा, कापाचुली, जेठबुहारी र व्यास हिमाललगायतका हिमशृङ्खला अवस्थित छन्। क्षेत्र जैविक विविधताले समेत समृद्ध मानिन्छ।
संरक्षण क्षेत्रभित्र हिउँचितुवा, रेड पान्डा, घोरल, नाउर, झारल, कालो भालु, दुम्सी तथा थारजस्ता वन्यजन्तु पाइन्छन्। त्यस्तै, डाँफे, मुनाल, चिर, चिल, भ्याकुर र च्याखुरासहित दुई सयभन्दा बढी प्रजातिका चराहरू यहाँ अभिलेख गरिएको छ।
चार डीआईजीको सरूवा सुदूरपश्चिममा भट्टराई, मधेशमा अधिकारी
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
छ महिनाभित्र भदौ २३–२४ भन्दा ठूलो आन्दोलन गरेर बालेन सरकार हटाउँछौँ : महेश …
पुराना दलको कमजोरीले जन्मायो बालेन जस्तो नेता : सीपी मैनाली
अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम चरणमा पुगेको दाबी
हिरासतमा रहेकी प्रतीक्षा नेपाली ब्रो' की प्रेमिका भएको खुल्यो
प्रतिक्रिया