अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ चन्द्रागिरी नगरपालिका-४ बस्ने रोल्पा घर भएकी ५४ वर्षीया निर्मला कुमारी श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
निर्मलाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३८ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निर्मलालाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।
बीमा रकम हत्याउन आफ्नै पसलमा चोरीको नाटक : सञ्चालक र कर्मचारी पक्राउ
परराष्ट्रमन्त्री खनालको चीन भ्रमण : ‘सन्तुलित कूटनीति’ मुख्य एजेण्डा
बैंकिङ कसूर र चेक अनादर गरी कूल १४ वटा मुद्दामा फरार रहेका एक व्यक्तिलाई पक्…
१४ वटा मुद्दाका दोषी मिजार पक्राउ
ललितपुरबाट लागुऔषधसहित ४ जना पक्राउ
नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स)का दुई कर्मचारी पक्राउ
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ
प्रतिक्रिया