मधेशका मुख्यमन्त्रीको भविष्य सर्वाेच्चको हातमा, लाग्यो पहिलो गासमै ढुंगा
मधेश प्रदेशको मुख्यमन्त्री बनेका एमाले नेता सरोजकुमार यादवको भविष्य सर्वाेच्च अदालतको हातमा
काठमाडौँ, २६ कात्तिकः मधेश प्रदेशको मुख्यमन्त्री बनेका एमाले नेता सरोजकुमार यादवलाई पहिलो गासमै ढुंगा लागेको छ । उनको भविष्य सर्वाेच्च अदालतको हातमा छ।
नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिटमा सर्वाेच्च अदालतले यादव सरकारलाई एक दिनमै कामलाउ बनाइदिएको हो। रकीप्रसाद साहसमेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले दीर्घकालीन प्रभाव पार्ने कुनै काम नगर्न मुख्यमन्त्री यादवका नाममा अन्तरिम आदेश दिएको हो।
साथै पेशी स्थगित गर्न नपाउने गरी अग्राधिकार दिइएको छ। ‘...सुविधा सन्तुलनको दृष्टिबाट यो रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म २०८२–७–२३ मा मुख्यमन्त्री नियुक्त मा. सरोजकुमार यादव र निजको सिफारिसमा सोही मितिमा गठन भएको मन्त्रिपरिषदबाट मधेश प्रदेशलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्नू, नगराउनू,’ सर्वाेच्चले भनेको छ।
यादवको नियुक्तिविरुद्ध मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दल कांग्रेस, माओवादी, जसपा, लोसपा, जनमत, एकीकृत समाजवादी र नाउपा सर्वाेच्च पुगिसकेका छन्। प्रदेशसका १०७ मध्ये ७४ सांसदको हस्ताक्षरसहित रिट दायर गरिएको हो। रिटमा बुधबारका लागि पेसी तोकिएको छ ।
कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राइन्सहितका नेता सर्वोच्च पुगेका थिए । मधेश प्रदेशमा १ सय ७ जना सांसद छन् । सरकार बनाउन ५४ सांसद संख्या बहुमत हो ।
एमालेका सभामुखसहित २५, कांग्रेस २२, जसपा १९, जनमत १३, माओवादी ९, लोसपा ९, नेकपा (एस) ७, संघीय समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका १–१ जना सांसद छन् । यसमध्ये एमालेका सांसद दीपेन्द्र ठाकुर, जसपाका सांसद सरोजसिंह कुशवाह, लोसपाका सांसद अभिराम शर्मा निलम्बित छन् । मधेश प्रदेशसभामा हाल कायम रहेको सदस्य संख्या १ सय ४ हो ।
तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सरकार गठनका लागि आह्वान नै नगरी सिधै एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरिदिएकी थिइन््। उनले संविधानको धारा १६८(३)अनुसार भन्दै संसदको सबैभन्दा ठूलो दलका संसदीय दलका नेतालाई मुख्यमन्त्री बनाएकी थिइन्।
यो घटनाले मधेश प्रदेशमा राजनीति गम्भीर मोडमा पुगेको छ। मंगलबार मुख्यमन्त्री यादवले अपराह्न मधेश प्रदेश भवन पछाडि सशस्त्र प्रहरीको ब्यारेक छेउको सानो गेटबाट भित्र छिरेर पदभार ग्रहण गरेका छन्। यादवको पदभार ग्रहण चलिरहँदा मधेश भवनको २ नम्बर गेटबाहिर प्रदर्शन भइरहेको थियो ।
प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले बल प्रयोग गरेको छ भने उनीहरुले प्रहरीमाथि ढुंगामुढा गरे। दलहरुले आन्दोलन कायमै राख्ने निर्णय गरेकाले अबका केही महिना मधेश प्रदेश सरकारविहीन जस्तै रहनेछ।
हिउँको साम्राज्यमा क्रिकेटको ब्याटिङ: बालेनको भिडियोले तान्यो अपि हिमालतर्फ सब…
चार डीआईजीको सरूवा सुदूरपश्चिममा भट्टराई, मधेशमा अधिकारी
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
छ महिनाभित्र भदौ २३–२४ भन्दा ठूलो आन्दोलन गरेर बालेन सरकार हटाउँछौँ : महेश …
पुराना दलको कमजोरीले जन्मायो बालेन जस्तो नेता : सीपी मैनाली
अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम चरणमा पुगेको दाबी
प्रतिक्रिया