पुराना दलको कमजोरीले जन्मायो बालेन जस्तो नेता : सीपी मैनाली
सीपी मैनाली ले पुराना राजनीतिक दलहरूको असफलता र कमजोरीकै कारण बालेन शाह जस्ता लोकप्रिय नेताको उदय भएको बताएका छन्।
नेकपा (माले) का महासचिव मैनालीले नेपालका प्रमुख राजनीतिक दलहरू — नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) — ले पटक–पटक अवसर पाउँदा पनि आफूलाई सुधार्न नसकेको आरोप लगाए।
उनका अनुसार पुराना दलप्रति जनतामा बढ्दो निराशा र असन्तुष्टिकै कारण मतदाताहरूले वैकल्पिक नेतृत्वको खोजी गर्न थालेका हुन्। मैनालीले बालेन शाह नयाँ पुस्ताको आशा र भरोसाका रूपमा स्थापित हुँदै गएको दाबी गरे।
वर्तमान राजनीतिक परिस्थितिमा बालेनको लोकप्रियता निरन्तर बढिरहेको उल्लेख गर्दै उनले नेपालका सबै राजनीतिक दलहरू एकातिर र बालेन शाह एक्लै अर्कोतिर भए पनि उनलाई पराजित गर्न कठिन हुने टिप्पणी गरे।
मैनालीको यो अभिव्यक्तिले आगामी निर्वाचन र वैकल्पिक राजनीतिक शक्तिको सम्भावनाबारे नयाँ बहस सुरु गराएको छ।
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
छ महिनाभित्र भदौ २३–२४ भन्दा ठूलो आन्दोलन गरेर बालेन सरकार हटाउँछौँ : महेश …
अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम चरणमा पुगेको दाबी
हिरासतमा रहेकी प्रतीक्षा नेपाली ब्रो' की प्रेमिका भएको खुल्यो
खलङ्गा–खार सडकः ‘अधुरै सडक, जोखिमपूर्ण यात्रा’
अमेरिका र इरानबीच ऐतिहासिक सम्झौताको तयारी, युद्ध अन्त्य र होर्मुज खोल्न दुबै …
नेपाली ब्रो प्रकरणमा नयाँ मोड: मृतक ईश्वरी भुजेलको परिवारद्वारा थप व्यक्तिमाथि…
प्रतिक्रिया