चाडबाडमा खानपान सन्तुलन : अस्वस्थ मासुले १६० भन्दा बढी रोग लाग्ने खतरा
काठमाडौँ, ५ कात्तिकः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले चाडबाडको समयमा अस्वस्थ र असन्तुलित माछा-मासुको प्रयोगले १ सय ६० भन्दा बढी प्रकारका रोगहरू निम्तिने खतरा रहेको भन्दै सर्वसाधारणलाई खानपानमा विशेष सन्तुलन कायम गर्न आग्रह गरेका छन् ।
उनले चाडबाडको बेलामा खानपानमा हुने असन्तुलन र जीवनपद्धतिमा आउने भद्रगोलका कारण स्वास्थ्य सम्बन्धी समस्याहरू बढी देखापर्ने बताए ।
प्रवक्ता डा. बुढाथोकीले अस्वस्थ मासु, धेरै चिल्लो पदार्थ तथा जंकफुडको प्रयोगले स्वास्थ्यमा जटिलता ल्याउने र दीर्घरोगीहरूमा झनै ठूलो खतरा निम्तिने चेतावनी दिए ।
खानपानको असन्तुलनले आकस्मिक स्वास्थ्य समस्या
डा. बुढाथोकीका अनुसार चाडबाडको समयमा आफ्नो नियमित जीवनपद्धति र व्यायाममा विश्राम लाग्ने तथा मासुका परिकार बढी खाने बानीले स्वास्थ्य समस्यालाई झनै बढाउँछ ।
उनले भने, ‘चाडबाडको बेलामा खानपानमा हुने असन्तुलन, जीवनपद्धतिमा हुने भद्रगोलको कारणले स्वास्थ्य सम्बन्धी समस्या देखापर्न सक्छन् । स्वास्थ्य समस्या नभएकाहरूमा पनि स्वास्थ्य समस्या देखिएर आकस्मिक समस्या हुनसक्छ ।’
उनले स्वस्थ र ताजा माछा मासु प्रयोग गर्दा मात्रै शरीरलाई आवश्यक पौष्टिक तत्व प्राप्त हुने बताए । तर, रोगी पशुपंक्षी, अस्वस्थ वधशालाबाट ल्याइएको मासु वा अत्यधिक चिल्लो र धेरै मासु खाँदा १ सय ६० भन्दा बढी प्रकारका रोगहरू निम्तिने खतरा रहेको उनको भनाइ छ ।
पाचन प्रणालीमा गम्भीर असर
प्रवक्ता बुढाथोकीले विशेषगरी मासु पकाउने तरिकामा ध्यान दिनुपर्नेमा जोड दिए । सेकुवा, तारेर वा भुटेर खाइने माछा मासुले पाचन प्रणालीमा समस्या निम्त्याउने बताए । ‘सेकुवा भनेर, तारेर, भुटेर माछा मासु धेरै खाँदा पाचन प्रणालीमा समस्या निम्त्याउँछ । त्यसले कब्जियत, झाडापखालादेखि लिएर खाद्य नलीको क्यान्सरसम्मको समस्या निम्तिन्छ,’ उनले थपे ।
उनले छोइलाजस्ता काँचो मासुबाट पनि विभिन्न रोग निम्तिने खतरा रहेकाले ुगोठदेखि ओठसम्मु शुद्ध भएपछि मात्रै माछा मासु खानु उचित हुने सुझाव दिए ।
मासु कसरी खाने ?
प्रवक्ता बुढाथोकीले मासु खाँदा सुरक्षित र स्वस्थ विधि अपनाउन सुझाव दिएका छन् ।
पकाउने विधिः मासु खाँदा प्रेसर कुकरमा कम्तिमा ५-६ सिठी लगाएर राम्ररी पाकेको, झोलिलो (झोल) परिकार खानु राम्रो हुन्छ ।
सन्तुलित भोजनः माछा, मासु सेवन गर्दा जहिले पनि हरियो सागसब्जी, दाल र सलाद पनि सँगसँगै खानुपर्छ ।
सेतो मासुलाई प्राथमिकताः भरसक सेतो मासु (कुखुरा, माछा वा अन्य पंक्षीहरूको मासु) खान उनले आग्रह गरे । खसी, राँगा, बोका, बाख्राको मासु रातो हुने भएकाले यसले स्वास्थ्य समस्या बढी निम्त्याउन सक्ने उनको भनाइ छ ।
व्यायामलाई निरन्तरताः चाडबाडमा पनि मर्निङ वाकलाई निरन्तरता दिन र शारीरिक व्यायाम नछोड्न उनले आग्रह गरे ।
दीर्घरोगीलाई विशेष सचेतना
डा. बुढाथोकीले दीर्घरोगीहरूले चाडपर्वका बेलामा झनै धेरै सतर्कता अपनाउनुपर्ने डा. बुढाथोकीले सुझाव दिए । उनले दीर्घरोगीहरूलाई आफ्नो समयअनुसार दैनिक रूपमा औषधि सेवन गर्नुपर्ने र चाडबाडका समयमा औषधि अभाव हुन नदिनका लागि पहिले नै किनेर राख्न पनि सुझाव दिएका छन् ।
हिउँको साम्राज्यमा क्रिकेटको ब्याटिङ: बालेनको भिडियोले तान्यो अपि हिमालतर्फ सब…
चार डीआईजीको सरूवा सुदूरपश्चिममा भट्टराई, मधेशमा अधिकारी
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
छ महिनाभित्र भदौ २३–२४ भन्दा ठूलो आन्दोलन गरेर बालेन सरकार हटाउँछौँ : महेश …
पुराना दलको कमजोरीले जन्मायो बालेन जस्तो नेता : सीपी मैनाली
अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम चरणमा पुगेको दाबी
प्रतिक्रिया