रेशमलाल चौधरीलाई पक्राउ गर्न प्रहरीमा पुगेको पत्र सर्वोच्चकै छानबिनमा
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गर्न सर्वाेच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले लेखेको पत्र विवादमा परेको छ।
सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार देवेन्द्र ढकालले यस विषयमा छानबिन गर्न मातहत अधिकरीलाई भनेका छन्। सर्वोच्चको पत्रका आधारमा रेशम पक्राउ परेको खबर थाहा पाएपछि उनले सबै महाशाखा प्रमुखहरू बोलाएर सोधीखोजी गरेका थिए। सबैले अनभिज्ञता प्रकट गरेका थिए।
सर्वोच्चको मुद्दा तथा रिट महाशाखाको चलानी नं १९२७७ भएको पत्र प्रहरीबाट सार्वजनिक भएपछि सर्वोच्चले छानबिन थालेको छ।
उक्त पत्र कहाँबाट गयो भन्ने कुरामा सर्वाेच्चका अधिकारीहरू दिनभरजसो अलमलमा रहे। सर्वाेच्च अदालतभित्रै व्यापक बुझ्ने काम भयो।
सर्वोच्चका एक सहरजिस्ट्रारका अनुसार, विष्ट आफै रेशम चौधरीलाई बाँकी कैद भुक्तानका लागि पक्राउ गर्नुपर्ने कारण खुलाइएको पत्र तयार पारेर नेपाल प्रहरीका महानिरीक्षक दीपक थापालाई भेट्न गएको खुलेको छ।
सर्वाेच्चका ती अधिकारीका अनुसार उक्त पत्राचार कर्मचारीको आचरणअनुकूल नभएको पाइएको छ।
‘पत्र लेख्ने अधिकार भए पनि मुद्दाको मेरिटमा प्रवेश गर्ने अख्तियारी थिएन। अब आन्तरिक कारबाहीको तयारी भएको छ,’ ती अधिकारी भन्छन्, ‘कारबाही त गर्नैपर्छ। अब रेशमलाई रिहाइ गर्ने पत्र फेरि पठाउने तयारी छ।’
हिउँको साम्राज्यमा क्रिकेटको ब्याटिङ: बालेनको भिडियोले तान्यो अपि हिमालतर्फ सब…
चार डीआईजीको सरूवा सुदूरपश्चिममा भट्टराई, मधेशमा अधिकारी
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
छ महिनाभित्र भदौ २३–२४ भन्दा ठूलो आन्दोलन गरेर बालेन सरकार हटाउँछौँ : महेश …
पुराना दलको कमजोरीले जन्मायो बालेन जस्तो नेता : सीपी मैनाली
अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम चरणमा पुगेको दाबी
प्रतिक्रिया