पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु
लमजुङको क्ब्होंलासोथर गाउँपालिका- ३ मा पहिरोले घर बगाउँदा ४ जनाको मृत्यु भएको छ। उत्तरकन्याको बगुमस्थित पच्यु टोलमा गएराति पहिरो जाँदा तीन घर बगाउँदा पहिरोमा परि ४ जनाको मृत्यु भएको हो।
वडासदस्य विनप्रसाद घलेका अनुसार स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र गाउँपालिकाका योजना शाखा प्रमुख चित्र घलेको घर पहिरोले बगाएको छ। पहिरोमा परेर ६९ वर्षीय रूद्रमान गुरूङ, ३६ वर्षिय पञ्चकुमारी गुरूङ, उनका दुई छोरीहरू ७ वर्षिया ईच्छा गुरूङ र ५ नम्रता गुरूङको मृत्यु भएको हो।
रूद्रमानको श्रीमती छिमेकी घरमा सुतेको र चित्र घले गाउँपालिकाको केन्द्र मालिङमा रहेकाले पहिरोबाट बचेको वडासदस्य घलेले जनकारी दिए। पहिरोमा चित्रका भाइ भिमबहादुर घले भने घाइते भएका छन्।
घटनास्थलमा सदरमुकाम बेसीसहर र मालिङबाट प्रहरी टोली जाँदै गरेको प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिए। उत्तरकन्याका वडाअध्यक्ष आसविर गुरूङका जनप्रतिनिधिको टोलीपनि घटनास्थल पुग्दैछ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
हिउँको साम्राज्यमा क्रिकेटको ब्याटिङ: बालेनको भिडियोले तान्यो अपि हिमालतर्फ सब…
चार डीआईजीको सरूवा सुदूरपश्चिममा भट्टराई, मधेशमा अधिकारी
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
छ महिनाभित्र भदौ २३–२४ भन्दा ठूलो आन्दोलन गरेर बालेन सरकार हटाउँछौँ : महेश …
पुराना दलको कमजोरीले जन्मायो बालेन जस्तो नेता : सीपी मैनाली
प्रतिक्रिया