मध्यराति चट्याङ लागेर सुतिरहेका दुई जनाको मृत्यु
मौसमको बदलीसँगै मध्यराति परेको चट्याङ लागेर सुतिरहेका दुई जनाको मृत्यु भएको छ ।
रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ३, भित्री गामकी २२ वर्षीया जाइता घर्ती मगर र १४ वर्षीया गोमाला घर्ती मगरको चट्याङ लागेर आज राती मृत्यु भएको हो । प्रहरीका अनुसार मृतकहरू नाताले नन्द-भाउजू हुन ।
बुधवार (आज) बिहान १ बजेतिर सुतिरहेको अवस्थामा जाइता र गोमालालाई चट्याङले हानेको थियो । जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाका अनुसार चट्याङ लागेर उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।
जाइताका श्रीमान बागलुङमा मजदुरी गर्न गएकोले घरमा उनीसहित गोमाला र जाइताका ६ वर्षीय छोरा रहेका थिए। छोरा भने सकुशल रहेका छन ।
हिउँको साम्राज्यमा क्रिकेटको ब्याटिङ: बालेनको भिडियोले तान्यो अपि हिमालतर्फ सब…
चार डीआईजीको सरूवा सुदूरपश्चिममा भट्टराई, मधेशमा अधिकारी
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
छ महिनाभित्र भदौ २३–२४ भन्दा ठूलो आन्दोलन गरेर बालेन सरकार हटाउँछौँ : महेश …
पुराना दलको कमजोरीले जन्मायो बालेन जस्तो नेता : सीपी मैनाली
अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम चरणमा पुगेको दाबी
प्रतिक्रिया