ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ
रुपन्देहीमा २२ वर्षपछि ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पुनरावेदन अदालत बुटवलको २०५९ सालमा फैसला गर्दा दोषी ठहर गरी जबरजस्ती करणी र ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष १० महिना २९ दिन कैद सजाय तोकिएका रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १२ बस्ने बलिराम लोधलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले २२ वर्ष पछि पक्राउ गरी रुपन्देही जिल्ला अदालतमा पेस गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देही डिएसपी मनोहर प्रसाद भट्टले लोधलाई कैद सजाय भुक्तानको लागि जिल्ला कारागार कार्यालय रुपन्देहीमा चलान गरेको बताए ।
हिउँको साम्राज्यमा क्रिकेटको ब्याटिङ: बालेनको भिडियोले तान्यो अपि हिमालतर्फ सब…
चार डीआईजीको सरूवा सुदूरपश्चिममा भट्टराई, मधेशमा अधिकारी
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
छ महिनाभित्र भदौ २३–२४ भन्दा ठूलो आन्दोलन गरेर बालेन सरकार हटाउँछौँ : महेश …
पुराना दलको कमजोरीले जन्मायो बालेन जस्तो नेता : सीपी मैनाली
अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम चरणमा पुगेको दाबी
प्रतिक्रिया