वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु
बन्द भयो मेलम्चीको पानी, अब धाप ड्यामबाट पैंचोमा चलाइने
काठमाडौं उपत्यकावासीले अब कम्तीमा ६ महिना मेलम्चीको पानी खान पाउने छैनन्। वर्षाका कारण मेलम्चीमा पानीको सतह बढेपछि सरकारले सोमबारबाट सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द गरिदिएको हो ।
दुई वर्ष अघिको बाढीले मेलम्चीको हेडबक्स ध्वस्त बनाइ दिएपछि मर्मत गरेर हिउँदमा मात्र काठमाडौंमा पानी ल्याइन्छ, हरेक वर्ष बर्खामा बन्द गरिन्छ। यसपटक पनि बर्खा लागेसँगै सोही नियति दोहोरिएको हो। मेलम्ची नदीको बहाब बढेर बाढी आइ पानी धमिलिन थालेपछि आपूर्ति बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए।
https://barnanmedia.com/news/detail/180417/
न्यायाधीश राउतले गरे फेरि कांग्रेसलाई राहत पुग्ने आदेश
गण्डकी प्रदेश सभामा फ्लोरक्रस गरेर कारबाहीमा परेका प्रदेश सांसद फणीन्द्र देवकोटाका पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरिदिएको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले देवकोटाको निलम्बन गर्ने सभामुखको निर्णय कार्यान्वयन नगर्न–नगराउन सोमबार अन्तरिम आदेश जारी गरेको हो ।
माओवादी केन्द्रको ह्विप उल्लंघन गर्दै देवकोटाले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । कांग्रेसका मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलले देवकोटालाई कारबाही गरेको थियो ।
https://barnanmedia.com/news/detail/180437/
न्यायाधीश राउतले गरे फेरि कांग्रेसलाई राहत पुग्ने आदेश
उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ एसिया को–अपरेसन डायलग (एसीडी)का सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको १९औं बैठकमा भाग लिई स्वदेश फिर्ता भएका छन्।
इरानको तेहरानमा सोमबार सम्पन्न बैठकमा सहभागी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका मन्त्री श्रेष्ठ स्वदेश फर्किएका हुन्।
मंगलबार स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री श्रेष्ठले छलफलमा बहुपक्षीय एवं कुटनीतिमार्फत नेपालको राष्ट्रिय हित, नीति एवं नेपालको विदेश नीति अनुरुप नेपालमा रहेका सम्पदाको संरक्षण र संवद्र्धनका निम्ति एसिया स्वायत्त राष्ट्रको ध्याकर्षण गरेको बताए।
अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु
जनकपुरधाममा आजबाट ‘अन्तर्राष्ट्रिय मैथिली फिल्म फेस्टिभल’ सुरु भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले फेस्टिभलको उद्घाटन गर्नुभयो ।
मुख्यमन्त्री सिंहले मैथिली भाषा, साहित्य तथा संस्कृतिको विकासमा ‘फिल्म फेस्टिभल’ले ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मैथिली भाषामा राम्रा चलचित्र निर्माण हुनु गौरवको विषय भएको बताउनुभयो ।
वरिष्ठ कलाकार नीर शाहले मैथिली भाषाको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलले विविधता बीचको एकतालाई मजबुत बनाउनुका साथै राष्ट्रिय एकतालाई बलियो बनाउने विचार व्यक्त गर्नुभयो ।
अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ महाकालीको कटान रोक्न कुतियाकबरमा जैविक तटबन्ध
बोरामा माटो भरिएको छ । बास जोडेर जालीझै बनाइएको संरचना नदीमा गाडिएको छ । केही जाली महाकाली नदी नजिकै तयारी अवस्थामा छन् । कोही तार कस्दैछन् त कोही माटो राखिएका बोरा जालीमा भरान गर्दैछन् ।
कञ्चनपुरको दोधारा चाँदनी–१० कुतियाकबरमा केही दिनयता स्थानीय यसरी नै जैविक तटबन्ध निर्माणको काम गरिरहेका छन् । महाकाली र जोगबूढा नदीले घेरेर बाढी तथा कटानको जोखिममा रहेको कुतियाकबर बस्ती जोगाउन जैविक तटबन्ध निर्माणकार्य भइरहेको हो ।
दोधारा चाँदनी नगरपालिकाको रु दुई लाख ९५ हजार र अन्य केही संघसंस्था र स्थानीयको सहयोगमा जैविक तटबन्ध निर्माण भइरहेको स्थानीय ऐनबहादुर सुनारले बताउनुभयो । “कटानको जोखिम भएको ठाउँमा तटबन्ध निर्माण भइरहेको हो । बर्सातमा महाकाली उर्लेर आउँछ, कटान गरेर खेतीयोग्य जमिन बगाएर लैजान्छ”, उहाँले भन्नुभयो, “जैविक तटबन्धले केही हदसम्म कटान रोक्ने विश्वाससहित यो काम गर्दैछौँ ।” उहाँका अनुसार दुई साताभित्र जैविक तटबन्धनको काम सम्पन्न हुनेछ ।
वडा कार्यालयको भवनमा चोरी
चाँगुनारायण नगरपालिका–४ को वडा कार्यालयको भवनमा चोरी भएको छ । प्रहरीका अनुसार सोमबार राति चोरी भएको हो ।
कार्यालयबाट कम्प्युटर सेट ३ थान, सिपियु २ थान र झ्यालको पर्दा १ थान चोरी भएको छ । यसको मूल्य करिब ३ लाख ६० हजार रुपैयाँ रहेको प्रहरीको भनाई छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
दिल्लीका मुख्यमन्त्री केजरीवालको जमानतलाई दिल्लीको उच्च अदालतले गरिदियो खारेज
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको जमानतलाई दिल्लीको उच्च अदालतले खारेज गरेको छ ।
दिल्लीको राउज एभिन्यू अदालतको फैसलालाई उल्टाउँदै उच्च अदालतले अरविन्द केजरीवालको जमानत खारेज गरेको छ। जुन २० मा दिल्लीको राउज एभिन्यू अदालतले यस मामिलामा अरविन्द केजरीवाललाई जमानत दिएको थियो ।
तर सोही दिन ईडीको निवेदनमा उच्च अदालतले राउज एभिन्यू अदालतको निर्णयमा रोक लगाएको थियो । उच्च अदालतले जमानत निवेदनको सुनुवाइका क्रममा यसअघिका कागजातमा ध्यान नदिएको जनाएको छ ।यसबाहेक सम्पत्ति शुद्धीकरण निवारण ऐनमा तोकिएका जमानतका सर्तहरू पनि उच्च अदालतका न्यायाधीशले राम्ररी छलफल नगरेको पनि उच्च अदालतले जनाएको छ ।
स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु
धरान उपमहानगरपालिका-१७ रेल्वेस्थित सडकमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । प्र.१-०२-०५ प ८७५३ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३९ वर्षीया रत्न कुमारी राईको मृत्यु भएको हो ।
स्कुटरले सोमबार राति ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा मंगलबार दिउँसो उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । तत्काल फरार रहेका स्कुटर चालकलाई प्रहरीले खोजी गरी नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
गण्डकी प्रदेशका सांसद पाठकले दिए प्रदेश सरकारले ल्याएको बजेट जलाउने चेतावनी
गण्डकी प्रदेशका सांसद कृष्ण पाठकले प्रदेश सरकारले ल्याएको बजेट जलाउने चेतावनी दिएका छन् । प्रदेशको विनियोजन विधेयकमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले बजेट निर्माण अपारदर्शी र एकपाखे हिसाबले ल्याएकाले त्यसलाई च्यात्ने र जलाउने चेतावनी दिएका हुन् ।
उनले मन्त्रालयगत छलफलअघि नै बजेट सच्याउन सुझाएका छन् । ‘यो बजेट किताब सुधारिएन भने, मन्त्रालयगत छलफलमा विकास पुस्तिका च्यात्ने मात्रै होइन, धुजाधुजा पार्ने हो । धुजाधुजा मात्रै होइन, जलाउने हो,’ उनले भने ।
पाठकले बजेट निर्माणमा मन्त्री र मुख्यमन्त्रीको सचिवालयले बदमासी गरेको बताए । ‘बजेट सिद्धान्त र प्राथमिकतासँग मेल खाँदैन । वितरणमुखी र मनोमानी ढंगले ल्याइएको छ । माननीय सदस्यहरूको मान मर्दन गरेको छ,’ उनले भने, ‘सांसदहरूको वर्गलाई छुट्याएको छ । यसमा स्वार्थै स्वार्थ लुकेको छ । कतिपय माननीय र मन्त्रीहरूको, मुख्यमन्त्री र सचिवालयका कर्मचारीहरूको छ्वाङछ्वाङ्ती अनुहार देखिएको छ ।’ संसदमा प्रस्तुत बजेटले क्षेत्रीय सन्तुलन कायम गर्न नसकेको र पूर्वाग्रहपूर्ण भएको उनले बताए ।
भन्सार महसुलसम्बन्धी विधेयक २०८१ स्वीकृत
प्रतिनिधिसभाबाट भन्सार महसुलसम्बन्धी विधेयक २०८१ बहुमतले स्वीकृत भएको छ ।
भाको आजको बैठकमा विधेयकमाथि उठेका सैद्धान्तिक छलफलमा अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बैठकको अध्यक्षता गर्नुभएका उपसभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्नुभएको थियो ।
सांसदहरू सञ्जय कुमार गौतम, जुलीकुमारी महतो (महासेठ), प्रेम सुवाल, नागीना यादव, डा अमरेसकुमार सिंह, गणेश पराजुली, बद्रीप्रसाद पाण्डे भन्सार महसुलसम्बन्धी विधेयक २०८१ माथिको सैद्धान्तिक छलफलमा सहभागी हुनुभएको थियो ।
निकट भविष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणको ‘तयारी’ भइरहेको क्रेमलिनले मङ्गलबार बताएको छ । यद्यपि उसले भ्रमणको निश्चित मिति दिन अस्वीकार गरेको
मेलम्ची खानेपानी आयोजना बन्द भएपछि आजबाट धाप ड्यामबाट काठमाडाैँ उपत्यकामा पानी वितरण सुरु
सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजना बन्द भएपछि आजबाट बागमती सुधार आयोजनाअन्तर्गत धाप ड्यामबाट काठमाडाैँ उपत्यकामा पानी वितरण सुरु गरिएको छ।
मेलम्ची खानेपानी आयोजनालाई मनसुनजन्य विपत्तिबाट जोगाउन हिजोबाट आयोजना बन्द गरिएको हो।
बागमती सभ्यता-एकीकृत विकास समितिसँग धाप ड्यामको पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्ने सहमति भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए। उनले हिजोबाट मेलम्ची खानेपानी आयोजना बन्द भएपछि आजदेखि धाप ड्यामको पानी वितरण सुरु भएको बताए।राईका अनुसार उपत्यकामा मेलम्चीको खानेपानी बन्द भएपछि खानेपानी अभाव बढ्ने भएकाले आपूर्ति व्यवस्थापनलाई केही सहज गर्न धाप ड्यामबाट दैनिक तीनदेखि चार करोड लिटर पानी ल्याउने सहमति भएको हो।
पार्टीले आफ्नो पहिचान गुमाउँदै गएको छ : कांग्रेस सहमहामन्त्री आङ्दम्बे
नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले पार्टीले आफ्नो पहिचान गुमाउँदै गएको टिप्पणी गरेका छन् ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सहमहामन्त्री आङ्दम्बेले आदिवासी/जनजाति समुदायका प्रतिनिधिलाई उचित स्थान र जिम्मेवारी दिन नसक्दा पहिचान गुमाउँदै गएको उल्लेख गरे ।
‘पार्टीभित्र पहिचानको कुरा गर्ने बित्तिकै एकखाले नेताहरूलाई यसले जातीयताको मात्र कुरा गर्यो भन्ने लाग्छ तर त्यस्तो होइन, पहिचान भनेको जातिको र व्यक्तिको पनि हुन्छ । पार्टीको पनि हुन्छ । नेपाली कांग्रेसको पनि आफ्नै पहिचान छ । त्यो हामीले भुल्नु भएन,’ सहमहामन्त्री आङ्दम्बेले भने, ‘हिमाल, पहाड र तराईका संवेदनशीलताहरूको एकमुष्ठ निष्कर्ष नै पार्टीको पहिचान हो ।’
हिउँको साम्राज्यमा क्रिकेटको ब्याटिङ: बालेनको भिडियोले तान्यो अपि हिमालतर्फ सब…
चार डीआईजीको सरूवा सुदूरपश्चिममा भट्टराई, मधेशमा अधिकारी
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
छ महिनाभित्र भदौ २३–२४ भन्दा ठूलो आन्दोलन गरेर बालेन सरकार हटाउँछौँ : महेश …
पुराना दलको कमजोरीले जन्मायो बालेन जस्तो नेता : सीपी मैनाली
अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम चरणमा पुगेको दाबी
प्रतिक्रिया