एक आपसमा झगडा नगरि मिलेर अघि बढे मात्र देश समृद्ध हुन्छ : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक आपसमा झगडा नगरि मिलेर अघि बढे मात्र देश समृद्ध हुने बताएका छन्।
मंगलबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले सबै समुदाय र जातजाती मिलेर राष्ट्रलाई ठुलो योगदान दिनुपर्ने बताएका हुन्।
उनले भने, ‘नेपाल अहिले आदिवासी जनजातिको समाज छ। तपाईंहरुले अत्यन्तै महत्त्वपूर्ण योगदान दिनुभएको छ। त्यसकारण तपाईंहरू सबै आपसमा एक भएर यो राष्ट्रलाई ठूलो योगदान दिन सक्नुहुन्छ। भोलिका दिनमा आफ्नो हक अधिकारका लागि पनि लड्दै जानुस्। साथसाथै काँग्रेस पार्टीलाई पनि मजबुत पार्नुस्। यो राष्ट्रलाई पनि बलियो पार्दै जानुस्। त्यो भएको खण्डमा हाम्रो राष्ट्र, पार्टी मजबुत हुन्छ।
तपाईंहरू आदिवासी, जनजाति दिदीबहिनीहरूको अधिकार पनि संरक्षण हुन्छ। आपसमा मिलेर जाने हो, आपसमा झगडा गर्ने होइन। छलफल गरेर उहाँहरूका मागहरू पूरा हुनेछन्। म पनि यसमा लाग्ने विश्वास दिलाउन चाहन्छु।’
आदिवासी, जनजातिको हकहितको संरक्षणको लागि आफू कटिबद्ध भएर लाग्ने सभापति देउवाको भनाइ थियो।
हिउँको साम्राज्यमा क्रिकेटको ब्याटिङ: बालेनको भिडियोले तान्यो अपि हिमालतर्फ सब…
चार डीआईजीको सरूवा सुदूरपश्चिममा भट्टराई, मधेशमा अधिकारी
भक्तपुरको एक बाल गृहबाट ८ बालबालिकाको उद्धार
नेपाल–भारत सीमास्तम्भ मर्मतको समीक्षा, संयुक्त संयन्त्रलाई सक्रिय बनाउने सहमति
छ महिनाभित्र भदौ २३–२४ भन्दा ठूलो आन्दोलन गरेर बालेन सरकार हटाउँछौँ : महेश …
पुराना दलको कमजोरीले जन्मायो बालेन जस्तो नेता : सीपी मैनाली
अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम चरणमा पुगेको दाबी

प्रतिक्रिया