एउटै शरीर, फरक पहिचान: एबी र ब्रिट्नी हेन्सेलको प्रेरणादायी जीवनकथा

जन्मदेखि नै जोडिएका जुम्ल्याहा दिदीबहिनी एबी हेन्सेल र ब्रिट्नी हेन्सेल ले आफ्नो दुर्लभ अवस्थालाई कमजोरी होइन, प्रेरणाको स्रोतका रूपमा प्रस्तुत गर्दै संसारलाई उदाहरणीय सन्देश दिएका छन्।

एकै शरीर साझा गरे पनि उनीहरूका विचार, भावना र सपना फरक–फरक रहेको उनीहरूले सार्वजनिक रूपमा बताउँदै आएका छन्। सन् २०२१ मा एबीले नर्स तथा पूर्व सैनिक जोश बोलिङसँग विवाह गरेकी थिइन् भने ब्रिट्नी अविवाहित छिन्।

डक्सुमेन्ट्री र टेलिभिजन कार्यक्रममार्फत चर्चामा आएका यी दिदीबहिनी हाल अमेरिकाको मिनेसोटामा शिक्षकका रूपमा कार्यरत छन् र निजी जीवनलाई सन्तुलित रूपमा अघि बढाइरहेका छन्।

उनीहरूको जीवनकथाले शारीरिक अवस्था कुनै बाधा होइन, इच्छाशक्ति र आत्मविश्वासले जीवनलाई सफल बनाउन सकिन्छ भन्ने प्रेरणादायी सन्देश दिएको छ।