रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित
राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित हुनुभएको छ ।
छ जनाबीच भएको प्रतिष्पर्धामा सबैभन्दा बढी शालिकराम घिमिरेले १९९ मत प्राप्त गर्नुभएको थियो । उक्त मत ५१ प्रतिशत नपुगेपछि उहाँका निकटतम प्रतिष्पर्धी गोपाल घिमिरेसँग दोस्रो चरणको मतदान गर्ने भनिएको थियो । घिमिरेले पहिलो चरणमा ८७ मत प्राप्त गर्नुभएको थियो ।
तर दोस्रो चरणको मतदान सुरु नहुँदै गोपालले शालिकरामलाई समर्थन गरेपछि शालिकराम सभापतिमा निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाले जानकारी दिनुुभयो ।
पहिलो चरणको मतदानमा रुपन्देहीका गणेश पौडेलले ८४, बाँकेका डा राजकुमार सुवेदीले ८०, रुपन्देहीका मञ्जु भुसालले ७१ र रुपन्देहीका मधुप्रसाद अर्यालले १९ मत प्राप्त गर्नुभएको थियो । गए राति सम्पन्न मतदानमा ५५२ मत खसेको थियो ।
आज होला त अमेरिका र इरानबिच युद्ध अन्त्य सम्झौता?
एमालेले मिसन जागरण चलाउने, तोकियो जिम्मेवारी
२ दिनमा १५ हजार २ सय घटेर शुक्रबार तोलामा ५३ सय बढेको सुनको भाउ आज थप बढ्यो
२ दिनमा १५ हजार २ सय घटेर शुक्रबार तोलामा ५३ सय बढेको सुनको भाउ आज थप बढ्यो
कैलालीको गोदावरी वन क्षेत्रबाट गुल्टाइएको टेम्पुबारे वन कार्यालयले दियो यस्तो …
अमेरिकाले आप्रवासीहरूलाई देश निकाला गर्दै मध्य अफ्रिकी गणतन्त्र पठायो
अमेरिका–इरानबीच आज सम्झौता हुने ट्रम्पकाे दाबी, हस्ताक्षर लगत्तै हर्मुज स्ट्रेट ख…
प्रतिक्रिया