गोदावरी जंगलमा खानेकुरा बेच्दै आएको टेम्पो वन कर्मचारीले फालेको आरोप, सामाजिक सञ्जालमा आक्रोश

कैलालीको गोदावरी जंगल क्षेत्रमा सडक किनारमा खानेकुरा बिक्री गर्दै आएका एक परिवारको टेम्पो डिभिजन वन कार्यालय, धनगढीका कर्मचारीहरूले जंगलमै फालेको आरोप लागेको छ।

स्थानीयका अनुसार जीविकोपार्जनका लागि गाडीमा पानी र खाद्य सामग्री बिक्री गर्दै आएका उनीहरूलाई हटाउने क्रममा कर्मचारीहरूले टेम्पोलाई नियन्त्रणमा लिएर जंगल क्षेत्रमा लगेर फालेका हुन्।

घटनापछि पीडित परिवारले आफ्नो रोजीरोटीको मुख्य आधार गुमाएको भन्दै न्यायको माग गरेका छन्। घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आक्रोश फैलिएको छ र दोषीमाथि कारबाहीको माग उठेको छ।

यस विषयमा सम्बन्धित निकायको आधिकारिक प्रतिक्रिया भने आउन बाँकी रहेको छ।