कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाली कांग्रेस बलियो भएमा मात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ ।
गिरिजाप्रसाद कोइराला लेवर फाउण्डेशनद्वारा विराटनगरमा आयोजित श्रमिकलाई दिने व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी सचेतना तालिमको आज उद्घाटन गर्दै नेता डा कोइरालाले पार्टी बलियो भएमा संविधानको कार्यान्वयन र लोकतन्त्र मजबुत हुने धारणा राख्नुभयो ।
नेता डा कोइरालाले पार्टीको विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको तिक्तता हटाउन पार्टीमा बृहत एकता आवश्यक रहेको चर्चा गर्नुभयो । उहाँले पार्टी सङ्गठित बनाउन आफू एकता अभियानमा लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले सङ्घीय संसद्मा सङ्ख्यात्मक रुपमा कांग्रेस कमजोर अवस्थामा रहेकाले पार्टीलाई एक ढिक्का बनाएर लैजानुको विकल्प छैन ।” नेता डा कोइरालाले पार्टीमा के कारणले विवाद आयो, त्यो विषयमा नेतृत्व तहले सबैसँग बसेर वार्ता एवं छलफलबाट समाधान खोज्नु जरुरी रहेको बताउनुभयो ।
रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति
नेपालका होटलमा मासु र मदिरा मात्रै, सडकमै पकाउन विवश भारतीय तीर्थयात्री !
सुस्ता, नवलपरासी — सीमा सुरक्षाको जिम्मा उठाए स्थानीयले
सुकुमवासीलाई दुर्घटना बीमा, स्वास्थ्य बीमा र जीवन बीमा सेवा दिने तयारी तीव्र …
ट्रेड युनियनहरू खारेजविरुद्ध परेको रिटमा राय बाझियो, दुई न्यायाधीशले राखे फ…
१६ वर्षपछि विश्वकपमा फर्किएको पाराग्वेलाई रोक्ला अमेरिकाले?
विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न स्थानीय सरकारलाई कांग्रेसको निर्देशन
प्रतिक्रिया