रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति

​भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले “सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२” कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरेको छ। मन्त्रालयले आज नापी विभागका उपमहानिर्देशक कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरेको हो।

​आजै सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वयनमा लैजान मन्त्रालयलाई निर्देशन दिएको थियो। मन्त्रिपरिषद् बैठकको उक्त निर्देशन लगत्तै मन्त्रीस्तरीय निर्णयअनुसार प्रतिवेदन कार्यान्वयनका लागि सहजीकरण समिति गठन गरिएको हो।

​गृह मन्त्रालयका उपसचिव, पूर्वाधार विकास  मन्त्रालयका उपसचिव, भूमिप्रशासन कार्यालय र नापी कार्यालय डिल्लीबजारका प्रमुखहरू, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको स्थानीय तह समन्वय शाखाका प्रमुख, भूमि व्यवस्थापन तथा अभिलेख विभागका शाखा अधिकृत सदस्य र नापी विभागका नापी अधिकृत सदस्य–सचिव रहने गरी समिति गठन गरिएको हो।

​भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलका अनुसार उक्त समितिले चाँडो भन्दा चाँडो आफ्नो जिम्मेवारी सम्पन्न गर्नेछ। “वर्षौँदेखि कार्यान्वयनमा आउन नसकेको यो प्रतिवेदन मन्त्रिपरिषद्को निर्देशनसँगै कार्यान्वयनमा लैजान बाटो खुलेको छ,” उहाँले भन्नुभयो, “अब सबै सरोकारवालाहरूसँग आवश्यक समन्वय गरी अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गरिनेछ।”

रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाको…

ट्रम्पले इरानसँग प्रारम्भिक शान्ति सम्झौताको नजिक आफूहरू पुगेको बताएका छन्। उनले इरानमाथि आक्रमण पनि रोकिए

ट्रम्पले इरानसँग प्रारम्भिक शान्ति सम्झौताको नजिक आफूहरू पुगेको बताएका छन्। उनल…

संविधान संशोधनको लागि सरकारले अघि सारेको प्रक्रिया र पात्रहरूको हैसियतमाथि गम्भीर प्रश्न उठाए  : अमरेश कुमार सिंह

संविधान संशोधनको लागि सरकारले अघि सारेको प्रक्रिया र पात्रहरूको हैसियतमाथि …

प्रतीक्षाको इन्कारी बयान, चुम्बनमात्रै गर्नु कुनै ठूलो कुरा होइन, टिकटक बनाउने आदत लागेका कारण म फसेँ

प्रतीक्षाको इन्कारी बयान, चुम्बनमात्रै गर्नु कुनै ठूलो कुरा होइन, टिकटक बनाउने…

आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ : मन्त्री मेहता

आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ : मन्त्री मेहता

अर्थमन्त्री वाग्लेलाई संसदीय छानबिन समिति गठन गरेर आफूलाई निर्दोष सावित गर्न चुनौती : ज्ञानेन्द्र शाही

अर्थमन्त्री वाग्लेलाई संसदीय छानबिन समिति गठन गरेर आफूलाई निर्दोष सावित गर्न च…

उच्च अदालत पाटनमा दुई वर्ष पुराना सबै मुद्दाको फैसला

उच्च अदालत पाटनमा दुई वर्ष पुराना सबै मुद्दाको फैसला

विश्वभर फेसबुक र इन्स्टाग्राम एकाएक बन्द हुँदा लाखौँ प्रयोगकर्ता मर्कामा परेका

विश्वभर फेसबुक र इन्स्टाग्राम एकाएक बन्द हुँदा लाखौँ प्रयोगकर्ता मर्कामा परेका