नेपालका होटलमा मासु र मदिरा मात्रै, सडकमै पकाउन विवश भारतीय तीर्थयात्री !
जुन देशलाई 'देवभूमि' भनेर संसारभरिका मानिसहरू पूजा गर्छन्, त्यही देशका पवित्र धार्मिक क्षेत्रमा आज सात्त्विक मानिसहरूका लागि खाने वातावरण नै छैन भन्दा विश्वास नलाग्न सक्छ।
तर, यो तीतो यथार्थ हो। पशुपतिनाथ, मुक्तिनाथ र जनकपुरधाम जस्ता महातीर्थहरूमा समेत आज शुद्ध सात्त्विक भोजनालय पाउनु भाग्यको कुरा भएको छ।
व्यापारको नाममा खोलिएका आधुनिक रेस्टुरेन्टहरूमा मासु र मदिरा विनाको होटल भेट्टाउनै मुस्किल छ। प्याज र लसुन समेत नखाने शुद्ध शाकाहारी भक्तहरूका लागि नेपालका होटलहरू एउटा 'दुःस्वप्न' जस्तै बनेका छन्। होटलका सञ्चालकहरू विदेशी पाहुनाको भावना बुझ्दैनन्, उनीहरूलाई केवल पैसाको मतलव छ। एउटै भाँडामा मासु र साग पाक्ने भएपछि धार्मिक पर्यटकहरू होटलको ढोकाबाटै फर्कन बाध्य छन्। अतिथिलाई देउता मान्ने देशमा, देउता जस्तै पवित्र मन लिएर आएका तीर्थालुहरूलाई सडकको भित्तामा बसेर खान बाध्य पारिनु हाम्रो पर्यटन र संस्कृतिमाथिको ठूलो प्रहार हो।
टाढाबाट हेर्नेहरू भन्छन्, "होटलको पैसा जोगाउन सडकमै पकाएर खाएका होलान्।" तर, यो उनीहरूको कन्जुस्याइँ होइन, मुटुभित्रको एउटा ठूलो पीडा हो। नेपालका पवित्र तीर्थस्थलहरूमा भगवान्को दर्शन गर्न आएका हजारौँ वृद्धवृद्धा र सात्त्विक भारतीय तीर्थयात्रीहरू आज सडकको धुलो र धुवाँमा बसेर आफ्नै हातले खाना पकाउन विवश छन्।
अध्यात्म र पवित्रताको खोजीमा आएका यी भक्तहरू जब नेपालका होटलमा पस्छन्, तब उनीहरूको मन रुन्छ। जताततै मासु, जताततै मदिरा। एउटै भान्सामा पाक्ने राजसिक र तामसिक परिकारले उनीहरूको वर्षौँदेखिको सात्त्विक निष्ठा र धर्मलाई चुनौती दिन्छ। आफ्नै धर्म अपवित्र हुने डरले, आँखाभरी आँसु पार्दै उनीहरू सडक किनारको ढुङ्गालाई चुल्हो बनाउन बाध्य छन्। "हामीसँग पैसा नभएको होइन, तर भगवान्को देशमा आएर धर्म नै नासिने खानेकुरा कसरी खानु?" एक वृद्ध तीर्थयात्रीले गहभरी आँसु पार्दै भने। यदि नेपालका पवित्र क्षेत्रमा उनीहरूको आस्था सुहाउँदो चोखो भोजन र बस्ने ठाउँ हुन्थ्यो भने, यी पाहुनाहरूले यसरी सडक रोज्ने थिएनन्।
रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाको…
ट्रम्पले इरानसँग प्रारम्भिक शान्ति सम्झौताको नजिक आफूहरू पुगेको बताएका छन्। उनल…
संविधान संशोधनको लागि सरकारले अघि सारेको प्रक्रिया र पात्रहरूको हैसियतमाथि …
प्रतीक्षाको इन्कारी बयान, चुम्बनमात्रै गर्नु कुनै ठूलो कुरा होइन, टिकटक बनाउने…
आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ : मन्त्री मेहता
अर्थमन्त्री वाग्लेलाई संसदीय छानबिन समिति गठन गरेर आफूलाई निर्दोष सावित गर्न च…
उच्च अदालत पाटनमा दुई वर्ष पुराना सबै मुद्दाको फैसला
प्रतिक्रिया