विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न स्थानीय सरकारलाई कांग्रेसको निर्देशन
नेपाली कांग्रेसले आफ्ना नेतृत्वमा रहेका स्थानीय तथा प्रदेश सरकारहरूलाई विपद् व्यवस्थापनको क्षेत्रमा विशेष प्राथमिकताका साथ कार्य गर्न निर्देशन दिएको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा बोल्दै पार्टी सभापति गगनकुमार थापाले यस्तो निर्देशन दिएका हुन्।
स्थानीय सरकारले सम्पादन गर्नुपर्ने मुख्य कार्यहरूमध्ये विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै पार्टीले विशेष मार्गनिर्देशन प्रदान गरेको जानकारी दिए।
स्थानीय तहले विपद् व्यवस्थापनका सन्दर्भमा निर्वाह गर्नुपर्ने भूमिका र गर्नुपर्ने कामहरूलाई स्पष्ट रूपमा वर्गीकरण गरी सोही बमोजिम अगाडि बढ्न आग्रह गरे।
पार्टीको सांगठनिक सुदृढीकरण र सदस्यता वितरणको सन्दर्भमा चर्चा गर्दै सभापति थापाले नेपाली कांग्रेस मुलुककै सबैभन्दा ठूलो सामाजिक संस्थाको रूपमा रहेको उल्लेख गरे। पार्टीको यो विशाल सञ्जाललाई विपद् जोखिम न्यूनीकरण र सचेतनाका लागि परिचालन गरिने लक्ष्य राखिएको उनले बताए।
उनले भने,‘ यसपटक करिव साढे ६ लाखदेखि ७ लाखसम्म सदस्य दर्ता हुनुभएको छ। सबै प्रक्रिया पूरा हुँदा यो संख्या ८ लाखदेखि ९ लाखसम्म पुग्नेछ। यसरी हेर्दा, नेपाली कांग्रेस नेपालको सबैभन्दा ठूलो सामाजिक संगठन पनि हो। यदि हामीले ‘विपद्सम्बन्धी विषयमा सबैलाई सचेत बनाऔँ’ भन्ने अभियान सञ्चालन गर्यौँ भने, एकैपटक ८–९ लाख मानिसलाई सचेत बनाउन सक्छौँ।’
९ लाख सदस्यलाई एकैसाथ सचेत र प्रशिक्षित बनाउन सके विपद् व्यवस्थापनको क्षेत्रमा ठूलो राष्ट्रिय योगदान पुग्ने सभापति थापाको भनाइ छ। सदस्यता सम्बन्धी बैठकका क्रममा उनले पार्टीको शक्तिलाई सामाजिक उत्तरदायित्व र विपद् व्यवस्थापनमा केन्द्रित गरिने स्पष्ट पारे।
ट्रम्पले इरानसँग प्रारम्भिक शान्ति सम्झौताको नजिक आफूहरू पुगेको बताएका छन्। उनल…
संविधान संशोधनको लागि सरकारले अघि सारेको प्रक्रिया र पात्रहरूको हैसियतमाथि …
प्रतीक्षाको इन्कारी बयान, चुम्बनमात्रै गर्नु कुनै ठूलो कुरा होइन, टिकटक बनाउने…
आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ : मन्त्री मेहता
अर्थमन्त्री वाग्लेलाई संसदीय छानबिन समिति गठन गरेर आफूलाई निर्दोष सावित गर्न च…
उच्च अदालत पाटनमा दुई वर्ष पुराना सबै मुद्दाको फैसला
विश्वभर फेसबुक र इन्स्टाग्राम एकाएक बन्द हुँदा लाखौँ प्रयोगकर्ता मर्कामा परेका
प्रतिक्रिया