भारत भ्रमणपछि राष्ट्रपतिसँग रवि लामिछानेको भेट, मोदीसँगको कुराकानीबारे जानकारी
काठमाडौं । भारत भ्रमणबाट फर्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले राष्ट्रपति रामचन्द्र पौडेल सँग भेट गरी आफ्नो भ्रमणबारे जानकारी गराएका छन्।
शीतलनिवासमा सोमबार दिउँसो भएको भेटमा लामिछानेले भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा सम्पन्न भारत भ्रमणका बारेमा राष्ट्रपतिलाई जानकारी गराएका हुन्।
भेटका क्रममा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायत भारतीय राजनीतिक नेतृत्वसँग भएको भेटघाट, द्विपक्षीय चासोका विषय तथा छलफलका मुख्य बुँदाबारे राष्ट्रपतिलाई अवगत गराएको जनाइएको छ।
रास्वपाका सभापति लामिछाने हालै भाजपाको निमन्त्रणामा भारत भ्रमणमा गएका थिए। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री मोदीसहित विभिन्न उच्च राजनीतिक व्यक्तित्वहरूसँग भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री शाहले लगाएको गोल्डस्टारको ‘बालेनले लगाएको जुत्ता’
फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या ३५ नाघ्यो, २०० भन्दा बढी घाइते
विश्वकपमा इतिहासकै ठूलो परिवर्तन! नयाँ नियमले फुटबललाई ‘मेकानिकल’ बनाउने डर
रास्वपा मधेशका जिल्ला-पालिका अधिवेशन : कतै विवाद, कतै कुटाकुट
नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह
रास्वपाको प्रदेश अधिवेशन आजदेखि, बागमतीको रविले उद्घाटन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनाल चीन जाँदै
प्रतिक्रिया