लिपुलेक प्रयोगको सन्दर्भमा नेपालले पठाएको कूटनीतिक नोटको जवाफ
लिपुलेक प्रयोगको सन्दर्भमा नेपालले पठाएको कूटनीतिक नोटको जवाफ भारतले पठाएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले भारतबाट कूटनीतिक नोटको जवाफ आएको जानकारी संसद्लाई गराएका हुन् ।
सरकारले २० वैशाखमा नेपाली भूमि नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोबर यात्रा सञ्चालन गर्न लागेको आपत्ति जनाउँदै दुबै छिमेकीलाई पत्र पठाएको थियो ।
सबै राजनीतिक दलहरूसँगको परामर्शमा सरकारले नेपालको पोजिसनबारे दुवै देशलाई कूटनीतिक नोट पठाएको थियो । भारत र चीनले नेपालको भूमि लिपुलेक पास हुँदै कैलाश मानसरोवर यात्रा खुल्ला गरेको थियो । भारत सरकारले आयोजना गर्ने कैलाश मानसरोवर यात्रा २०२६ जुनदेखि अगस्टसम्म सञ्चालन हुनेछ ।
नेपालले कूटनीतिक नोट पठाए लगत्तै भारतले कैलाश मानसरोवर यात्रा १९५४ देखि हुँदै आएको टिप्पणी गरेको थियो । त्यतिबेला भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले यो विषयमा प्रतिक्रिया जनाएका थिए ।
प्रधानमन्त्री शाहले औपचारिक रुपमै भारतबाट जवाफ आएको बताएका हुन् । ‘माननीय सदस्य ज्यूले लिपुलेक, लिम्पियाधुरा सम्बन्धी विषय बुझ्न खोज्नु भए जस्तो लाग्यो । यो सम्बन्ध नेपाल सरकारले अफिसियल नोट भारत सरकारलाई पठाइसकेका छ र त्यसको जवाफ पनि आइसकेको छ’ प्रधानमन्त्री शाहले आइतबार नेकपा एमाले सांसद पद्मा अर्यालको प्रश्नको जवाफ दिने क्रममा भने ।
प्रधानमन्त्रीले प्राप्त जवाफमा वार्ता मार्फत् समस्या समाधान गरिने उल्लेख भएको समेत जानकारी दिए । उनले भने, ‘त्यो जवाफमा दुबै सरकारले आफ्नो इतिहासविद्, सर्भेयर, भूमि सम्बन्धी जानकार व्यक्तिहरू राखेर टेबल टल्कमार्फत यो कुरालाई समाधान गर्ने कुरा भएको छ ।’
चीनबाट कूटनीतिक जवाफ आए नआएको भने प्रधानमन्त्रीले खुलाएनन् । लिपुलेकको विषयमा भारत र चीनलाई मात्र नभएर इङगल्याण्ड सरकारसँग पनि कुरा गरेको उनले जानकारी दिए ।
सन् १८१६ को सुृगौली सन्धि लगायतका तथ्य र प्रमाणको आधारमा लिम्पियाधुरा मुहान भएको महाकाली आफ्नो सीमाना भएको नेपालले दाबी गर्दै आएको छ ।
प्रधानमन्त्रीले माफी माग्नुहुन्न, बजेट बहुमतबाट पारित गर्छौँः अर्थमन्त्री वाग्ले
हिमाली तथा पहाडी भागमा वर्षा हुने, तराईमा गर्मी बढ्ने
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार होः उपराष्ट्रपति
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभका…
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
हुलाकमार्फत घरघरमै राहदानी
विदेशबाट फर्किपछि विजयकुमार बने उत्कृष्ट कृषक
प्रतिक्रिया