परराष्ट्रमन्त्री शिशिर खनाल चीन जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले चीनको भ्रमण गर्ने भएका छन् ।

परराष्ट्रमन्त्री खनालले जुन १४ देखि १७ सम्म चीनको भ्रमण गर्ने तय भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चीन भ्रमणमा उनले चीनका विदेशमन्त्री वाङ यी  र चिनिया कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।