प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ ।
बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ । बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यसूची छ ।
अर्थ विधेयक अवधिभित्र फिर्ता नभएको जानकारी गराउने, चलचित्र विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनेलगायत सम्भावित कार्यसूची छ ।
तर, आज पनि बैठक कार्यसूचीमा प्रवेश गर्छ अथवा गर्दैन निश्चित छैन । प्रधानमन्त्री वालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग गर्दै प्रतिपक्षी दलहरूले लगातार संसद् बैठक अवरुद्ध पार्दै आएका छन् ।
सोमबार बसेको संसद्मा रहेका दलका नेताहरूको सर्वदलीय बैठकले पनि संसद्को गतिरोध अन्त्य गर्ने विषयमा सहमति जुटाउन नसक्दा बैठक सञ्चालन हुन सकेको थिएन ।
प्रधानमन्त्री शाहले लगाएको गोल्डस्टारको ‘बालेनले लगाएको जुत्ता’
फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या ३५ नाघ्यो, २०० भन्दा बढी घाइते
विश्वकपमा इतिहासकै ठूलो परिवर्तन! नयाँ नियमले फुटबललाई ‘मेकानिकल’ बनाउने डर
रास्वपा मधेशका जिल्ला-पालिका अधिवेशन : कतै विवाद, कतै कुटाकुट
नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह
रास्वपाको प्रदेश अधिवेशन आजदेखि, बागमतीको रविले उद्घाटन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनाल चीन जाँदै
प्रतिक्रिया